‘पञ्च’ लाई सजाय

‘पञ्च’ लाई सजाय

 राजविराज : ‘न्यायको पहल भएको भए शायद संगीताले आत्महत्याको बाटो रोज्दिन थिइन्। अस्मिताको ‘मूल्य’तोक्दै दुव्र्यवहार र अपमान गरेकै कारण उनको मनमा आत्महत्याको ख्याल आयो।’ उनकी आमा रधियादेवीले बारम्बार यही भन्थिन् । 

स्थानीय चारजनाले बलात्कार गरेको उजुरी गर्न पञ्चहरूले रोक लगाएपछि घटनाको दोस्रो दिन ०७७ भदौ ३० गते संगीताले आत्महत्या गरेकी थिइन्। भदौ ३१ गते अन्नपूर्ण पोस्ट् दैनिकमा ‘बलात्कारपछि मृत्युको सहारा’ शीर्षकको समाचार सार्वजनिक भएपछि हल्लीखल्ली भयो।

समाचारपछि अर्को ‘भगवान्’का रुपमा हेरिने र ‘पञ्च परमेश्वर’ कहलिनेहरूको भागाभाग भयो। बलात्कारजस्तो घटना मिलाउने आवाज सवत्र उठेपछि सरकारले अध्यादेश ल्याएर घटना मिलाउने पञ्चहरूलाईसमेत दण्डसजायको व्यवस्था गर्‍यो। सप्तरी जिल्ला अदालतबाट सोमबार पहिलोपटक पञ्चहरूलाई कैद सजायको फैसला भएको छ। सामुहिक बलात्कारपछि पीडितको इज्जतभन्दा गाउँको इज्जत ठूलो भन्दै घटना मिलाउन खोज्ने र प्रहरीमा जाहेरी दिए सामाजिक बहिस्कार गर्ने चेतावानी दिनेहरूलाई न्यायाधीश हेमन्त रावलको इजलाशले कैदसजायको फैसला गरेको अदालतले जनाएको छ।

आरोपितहरूको नजिकका नातेदार समेत रहेका सोही गाउँका शत्रुघन मण्डल र उजितलाल मण्डललाई १ वर्ष कैद र २५ हजार क्षतिपूर्ती वापतको रकम भराउने फैसला भएको छ। पञ्चायतमा सहभागी सत्यनारायण मण्डल, बासुदेब मण्डल, जयकान्त मण्डल, झमेली मण्डल, बेचन मण्डल, देब मण्डल, बिन्देश्वर मण्डल र बंशराज मण्डललाई जनही २० हजार जरिवाना गरी निजहरू सवैबाट जनही २५ हजार पीडित परिवारलाई क्षतिपूर्तीवापतको रकम भराउने फैसला भएको श्रेस्तेदार कुमार मास्केले बताए। सामुहिक बलात्कारका मुख्य आरोपित दुई जनालाई कसुरदार ठहर गरी सजाय निर्धारणका लागि तोकिएको छ। दुई जना हाल बालसुधार गृहमा छन्। 

सोही घटनामा वारेन्टपछि अदालतमा हाजिर भएका धर्मदेव मण्डललाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने ठहर गरिएको छ। अर्का फरार विष्णु मण्डलको हकमा पक्राउ परेपछि फैसला हुनेगरी मुद्दा मुल्तबी राख्ने निर्णय भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.