सेवा सुधारमा ‘जनमत’को अभियान

सेवा सुधारमा ‘जनमत’को अभियान

काठमाडौं : ‘तपाईंको उपचार यस अस्पतालमा  हुन सकेन ? के कारणले हुन सकेन लेखेर अस्पतालको पूर्जी फोटोकपीसहित यस सुझावपेतिकामा खसाल्नुहोस्। हामी सुधारको पहल गर्ने छौं’, भनेर सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको जनआवाज (गुनासो पेटिका)मा लेखिएको छ। यो पेटिका अस्पतालले राखेको होइन। हालै सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित जनमत पार्टी अध्यक्ष डा. सीके राउतले राखेका हुन् । उनले जनसम्पर्कका लागि मोबाइल नम्बर पनि उल्लेख गरेका छन्। उनको यो कार्यलाई नागरिक समाजले प्रशंसा गरेका छन्।

 सार्वजनिक संघसंस्थाले पनि कार्यालयमा गुनासो पेटिका राख्ने र त्यहाँ परेका गुनासोको सम्बोधन गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, सरकारी कार्यालयलगायतले लागु नगरेपछि डा. राउतले आफैं अस्पतालमा ‘जनआवाज’ नाम दिएर गुनासो पेटिका राखेका छन्। बेला–बेला उनी अस्पताल पुगेर पेटिका खोली पत्र लिएर जान्छन्। त्यसलाई अध्ययन गरेर सेवाग्राहीको समस्या समाधान गर्न खटिन्छन्। 

गजेन्द्र नारायण सिंह अस्पतालमा सुधारको पहिलो कदम जनताको सुझाव र सहयोगबाट नै सम्भव हुने डा. राउतको भनाइ छ। उनले भनेका छन्, ‘रेफरल सेन्टरमा सीमित हुन पुगेको अस्पताललाई जोगाऔं। निःशुल्क पाउनुपर्ने औषधि पनि अस्पतालले दिएन भने खबर गर्नुहोला।’ 

चुनाव जित्नेहरू सत्ताको खेलमा लागिरहँदा उनी आफ्नो निर्वाचन क्षेत्रमा दिनहुँ जनताको समस्या सुनेर सम्बोधन गर्न लागिपरेका छन्। ‘गुनासो सुन्ने क्रममा सप्तरीमा महिला हिंसा र यातनाको दर बढेको पाएँ’, उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘पीडित महिलाको कपाल खौरिएर यातना दियो तर, प्रहरीकहाँ हिम्मत गरेर न्याय माग्न जाँदा पनि प्रहरीले ऊजुरी लिन नमानेको  विषय उठेकोले गृहमन्त्रीज्यूलाई सो बारेमा फोनमा अवगत गराएको छु।’

सार्वजनिक सेवालाई जनमैत्री बनाउन जनमत पार्टीका अध्यक्ष राउतले आफ्नो क्षेत्रमा कार्य अघि बढाएका छन् । ‘जनमत पार्टीबाट जितेर सरकारमा गए जनताको राज्य स्थापना गर्छु’, भन्ने नाराकै कारण उनले जसपा अध्यक्ष उपेन्द्र यादवलाई चुनावमा पराजित गरेर चर्चा बटुलेका थिए। जनमत पार्टीले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन योजनाबद्ध रुपमा काम थालेको छ। शिक्षा, स्वास्थ्य, कृषि, सार्वजनिक सेवा जस्ता आमजनताको जीवनसँग जोडिएका विषयमा जनमत पार्टीले विशेष ध्यान दिएको छ। सोमबार सार्वजनिक रुपमा पार्टी अध्यक्ष राउतले जनमत पार्टीले स्थानीय तहमा जितेर गएका जनप्रतिनिधिलाई ६ महिनाको कार्य—प्रगति विवरण सात दिनभित्र पेश गर्न सार्वजनिक रुपमा पत्र काटेको छ। 

प्रतिनिधिसभा सदस्यको शपथ लिएसँगै जनमत पार्टीका अध्यक्ष डा. राउतले पाँच मन्त्रालयलाई पत्र काट्दै पाँच बुँदे माग राखेका थिए। आफ्नो क्षेत्रको शिक्षा, स्वास्थ्य, उद्योगसहितका क्षेत्रको विषयमा ध्यानाकर्षण गराएका थिए।

कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चालकलाई गजेन्द्रसिंह औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरू योजना र क्षमता अनुसार सञ्चालन गर्न पहल गर्न उद्योग तथा वाणिज्य मन्त्रालयलाई पत्र पठाएका उनले मलखादको व्यवस्थापन गर्न साल्ट ट्रेङिङलाई भनेका छन्। 

अधिवता टीकाध्वज खड्काले सार्वजनिक सेवालाई प्रभावकारी बनाउन जनमत पार्टीले सुरु गरेको अभियान सकारात्मक भएको अधिवक्ता खड्काले बताए। ‘राजनीतिक दल, नागरिक समाज सुशासनप्रति प्रतिबद्ध हुनुपर्छ’, उनले भने, ‘स्थानीय स्तरमा रहेका राजनीतिक दलका कमिटिले निगरानी गर्नु पर्छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.