जनमत पार्टीले उद्योग मन्त्रीमा अब्दुल खानलाई पठाउने, सिके राउत मन्त्री नबन्ने
काठमाडौंः जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ।
जनमतका अध्यक्ष सीके राउतका अनुसार पार्टी उपाध्यक्ष अब्दुल खानले उद्योग मन्त्रालय सम्हाल्नेछन्।
संसद भवन बानेश्वरमा बसेको सत्ता साझेदार दलहरूको बैठकपछि राउतले आफू सरकारमा सहभागी नहुने बताए।
एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सात दलको समर्थनमा तेस्रो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री बनेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रधानमन्त्री प्रचण्डले आज बेलुका ४ बजे शपथ लिने कार्यक्रम छ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछिने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा र जनमत पार्टीलगायत दलका शीर्ष नेताहरू सहभागी थिए।
प्रतिक्रिया दिनुहोस !