जहाँ विद्यार्थी बोरा बोकेर विद्यालय जान्छन्

जहाँ विद्यार्थी बोरा बोकेर विद्यालय जान्छन्

रौतहट : कक्षा ४ मा अध्यनरत नितुकुमारी राम पुसको ठण्डीमा घरबाट बोरासँगै कापी कलम च्यापेर विद्यालय जान्छिन्।

विद्यालयमा फर्निचर नहुँदा  बोरा बोकेर आउनु र चिसो भुँइमा बसेर पढ्नु उनी जस्तै सयौ बालबालिकाको बाध्यता छ। फतुवा विजयपुर नगरपालिका-१ मा रहेको दलित प्राथमिक विद्यालयको भवन नहुँदा खुल्ला चौरमा कक्षा सञ्चालन हुँदै आएको छ।

विद्यालयमा एक सय ८० जना विद्यार्थी छन्। भवन नहुँदा बाल कक्षादेखि ५ कक्षासम्म खुल्ला चौरमा बसेर बालबालिकाले पढ्ने गरेका छन्। विद्यालयमा भवन, धारा, शौचालय नहुँदा समस्या हुँदै आएको र समस्याका बारेमा सबै निकायमा जानकारी गराए पनि सुनवाइ नभएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र हजराले बताए। 

गएको २०६४ सालमा स्थापना भएको सो विद्यालयको  एउटा सानो फुसको छाप्रो मात्र छ। विद्यालयमा कक्षाकोठा, डेक्स, बेन्च, ब्ल्याक बोर्ड केही छैनन्। शिक्षकका लागि ६ वटा प्लाष्टिकको कुर्सी मात्र रहेको विद्यालयका शिक्षक रामेश्वर महराले बताए।

कक्षा ४ मा अध्यनरत इन्द्रकुमारी पासवानले आफूले अहिलेसम्म विद्यालयमा डेक्स र बेन्च नदेखेको बताइन्। भवनका लागि नगरपालिकासँग पटक पटक ताकेता गर्दा सुनवाइ नभएको शिक्षक शिरालाल प्रसाद यादव बताउँछन्। 

विद्यालयमा खाजा पकाउने ठाउँ नहुँदा विद्यार्थीलाई दिवा खाजामा चाउचाउ र बिस्कुट दिने गरेको प्रधानाध्यापक  हजाराले बताए। भवन निर्माणका लागि तत्कालीन वडाध्यक्ष सञ्जय साहले ४ कठ्ठा जमिन किनेर नगरपालिकाको २४ लाख बजेटमा भवन बनाएको भएपनि जमिन विद्यालयको नाममा नभएका कारण समस्या भएको शिक्षक बताउँछन्। 

पूर्व वडाध्यक्ष साहले विद्यालयको लागि खरिद गरेको  जग्गा कसको नाममा छ भन्ने जानकारी नभएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.