चितवनमा बौलाह कुकुरले टोकेर २५ जना घाइते

चितवनमा बौलाह कुकुरले  टोकेर २५ जना घाइते

चितवन : जिल्लाको इच्छाकामना गाउँपालिकाको माथिल्लो भेगमा  बौलाह कुकुरको आतंक मच्चिएको छ। बौलाह कुकुरले टोक्दा २५ जना घाइते भएका छन्।

गाउँमा हिँडिरहेका मानिस एकाएक कुकुरको आतंकबाट भागाभाग नै भए ।  अन्यत्र गाउँबाट आएको कुकुरले गाउँमा भेटेका जतिलाई टोक्न थालेपछि गाउँ नै त्रसित बन्यो । 

अगाडि भेटिनेलाई कुकुरले टोक्दै जानेक्रममा २५ जना घाइते भएका छन् । तीमध्ये दुईजना अघिल्लो दिनमा घाइते भएका हुन् । 

उनीहरु आफन्तको घरमा आएका थिए । बाँकी २३ जनालाई मंगलबार टोक्दै घाइते बनाएको थियो । इच्छाकामना गाउँपालिका वडा नम्बर ३ को माझगाँउ, नागदह, ढाप, चिसापानीमा कुकुर आतंक भएको हो । घरमा काम गरिरहेका र बाटोमा हिँडिरहेका बेला कुकुरले टोकेको हो ।

इच्छाकामना गाउँपालिकाका विज्ञको टोली तुरुन्तै उक्त गाउँ पुगेर उद्धार गरेका थिए ।  घाइतको उपचारसँगै रेविजको खोप लगाइएको थियो । २५ मध्ये २२ जना जटिल घाइते भएका थिए । उनीहरुलाई युरोग्लोविनको खोप पनि लगाइएको छ । 
पाँचजनालाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले बताए । ‘मान्छे भट्यो कि टोकिहाल्ने , गाउँभरी टोक्दै टोक्दै हिँडेपछि हामी लगत्तै हामी गाउँ पुगेर कुकुर नियन्त्रणमा लाग्यौं ,' उनले भने , ‘सबैतिर समन्वय गरेर घाइतेको उपचार गर्यौं । ’

कुकुरलाई नियन्त्रणमा लिएर मारिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.