पुराना कपडा बाँड्दै बर्दघाट

पुराना कपडा बाँड्दै बर्दघाट

परासी : नवलपरासीको बर्दघाट नगरपालिकाले चिसोबाट प्रभावित गरिब परिवारलाई कपडा वितरण गर्ने भएको छ। नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्न भन्दै पूराना कपडा संकलन गर्न समिति नै संकलन थालेको हो। 

जिल्लामा केही दिनदेखि शीतलहरसँगै अत्याधिक चिसो बढेको छ। पुराना कपडा वितरणको निर्णयसँगै नगरपालिकाको आलोचना सुरु भएको छ। सामाजिक सञ्जाल र विभिन्न संस्थाहरूले त्यसको आलोचना सुरु गरेका हुन्। नगरपालिकाको विपद् व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ रहेको सूचना अधिकारी पुष्कर काफ्लेले बताए। नगरमा १५० जना विपन्न परिवार छन्। कोषबाट विपन्न परिवारलाई आवश्यक पर्ने लत्ताकपडासमेत खरिद गरेर वितरण गर्न सक्ने काफ्लेले बताए तर स्थानीय सरकार भएर क्लबजस्तै गरी पुराना कपडा संकलन गरेर वितरण गर्नु विपन्नप्रतिको हेपाहा प्रवृत्ति भन्दै आलोचना हुन थालेको हो। ‘यो निर्णयले स्थानीय सरकारको अनुभूति हुन सकेन। न्यानो कपडा नभएर जनता पीडित नै भएको भए किनेर दिनुपर्छ। क्लबजस्तो उठाउँदै हिँड्नु जायज होइन’, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष बालिन्द्रविक्रम शाहीले भने। 

नगर प्रमुख शम्भुप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको समितिको बैठकले कपडा संकलन गर्न वडा नं. ८ का वडाध्यक्ष कविराज आचार्यको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेर परिचालन गरेको छ। कपडा संकलन समितिमा नगर उद्योग वाणिज्य संघ, रेडक्रस, बजार विकास समितिलगायत छन्। 

पुराना कपडा संकलनबारे नगर प्रमुख श्रेष्ठले आवश्यक परे नयाँ खरिद गरेर वितरण गर्न सकिने बताए। ‘पुराना कपडा भन्दा पनि पुनः प्रयोगमा आउन मिल्ने कपडा संकलन गरेर वितरण गर्न समिति बनाएर परिचालन गरेका हौं। संकलन हुन नसके नयाँ खरिद गरेर दिन सकिन्छ। यसलाई अन्यथा लिन भएन’, नगर प्रमुख श्रेष्ठले प्रष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.