पानी भनेर शिक्षिकाले दिएको स्प्रिट पिउँदा छात्राको मृत्यु,मिर्चैया तनावग्रस्त,५ राउण्ड गोली चल्यो

पानी भनेर शिक्षिकाले दिएको स्प्रिट पिउँदा छात्राको मृत्यु,मिर्चैया तनावग्रस्त,५ राउण्ड गोली चल्यो

सिरहा : सिरहाको मिर्चैयास्थित सगरमाथा उमाविका एकजना विद्यार्थीले औषधि खान पानी माग्दा शिक्षिकाले स्प्रिटलाई पानी सम्झेर दिएपछि विद्यार्थीको मृत्यु भएको छ ।

पानी सम्झेर डिउको बोतलमा रहेको स्प्रिट खाएपछि कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको हो । उनी सिरहा नगरपालिका ११ भलुवाहीको रहेको प्रहरीले जनाएको छ ।

शिक्षिकाले पानीको सट्टा दिएको स्प्रिट खाएपछि छात्राको मृत्यु भएपछि सिरहाको सगरमाथा उच्च माविका विद्यार्थीहरु आन्दोलित बनेका छन् ।

महिनावारी भएर पेट दुखिरहेको बेलामा पुस २२ गते विद्यालयमा औषधि खानका लागि सिर्जनाले शिक्षिका अम्बिका लम्सालसँग पानी मागेकी थिइन् । शिक्षिका लम्सालले माउन्टेन डिउको बोतलमा रहेको स्प्रिट पानी ठानेर दिइन् । छात्रा सिर्जनाले उक्त बोतलमा रहेको स्प्रिट पानी सम्झेर खाएलगत्तै बेहोस् भएकी थिइन् ।

उनलाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल पुर्‍याइयो । उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भयो । सो घटनामा विद्यालय र शिक्षिकाले लापरबाही गरेको भन्दै आज विद्यार्थी र मृतकका आफन्तहरुले आन्दोलन सुरु गरेका छन् ।

उनीहरुले बिहानदेखि मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । टायर बालेर प्रदर्शन गरिरहेका छन् । आन्दोलनका कारण राजमार्गमा चल्ने सवारी साधनहरु अलपत्र परेको छ ।

मृतकको शव अहिले अस्पतालमै राखिएको छ । लापरबाही गर्ने विद्यालय प्रशासन र शिक्षिकालाई कारबाही गर्नुपर्ने र मृतक छात्राको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आन्दोलित विद्यार्थीको माग छ ।

आन्दोलनकारीहरुलाई तितरवितर पार्न प्रहरीले ५ राउण्ड हवाई फायर र ३ सेल आश्रु ग्यास फायर गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले जानकारी गराए । 

आन्दोलनकारीको ढुगांमुढा लागेर ५/६ जना प्रहरी पनि घाइते भएको उनले बताए । इलाका प्रहरी कार्यालय मिर्चैया,एक एम्बुलेन्स र स्कुलमा तोडफोड भएको छ । 

‘घटना घटेको २४ घण्टा पछि २३ प्रहरीलाई खबर भयो । हामीले तत्काल उपचारमा रहेको छात्रालाई भेटेर अनुसन्धान अगाडि बढाएका थियौँ,’प्रहरी प्रवक्ता बुढाथोकीले भने,‘सिर्जनाले सेवन गरेको तरल पदार्थ जाँचको ल्याब पढाउँदैछौँ । शवलाई पोस्टमार्टका लागि प्रादेशिक अस्पताल सिरहा पठाउने तयारी हुँदैछ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.