प्रदेश १ : सभामुखको निर्वाचन पौष २८ मा गर्ने निर्णय

प्रदेश १ : सभामुखको निर्वाचन पौष २८ मा गर्ने निर्णय

विराटनगर : प्रदेश १ प्रदेश सभा सचिवालयको सभामुख र उपसभामुख चयन गर्न पौष अन्तिम साता निर्वाचन हुने भएको छ।

प्रदेश १ को सभामुखका निम्त्ति पौष २८ र उपसभामुखका निम्ति २९ गते निर्वाचन हुने भएको हो। संसद सचिवालयमा आइतबार बसेको सर्वदलीय बैठकले निर्वाचनबारे निर्णय गरेको जनाइएको छ। 

प्राप्त जानकारी अनुसार सभामुखको निर्वाचन कार्यतालिका पौष २६ गते सार्वजनिक हुनेछ।

प्रदेश १ मा सभामुख माओवादी केन्द्रले पाउने सहमति सत्तारूढ दलबीच भएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अन्नपूर्णलाई बताए। 

सभामुखमा माओवादी केन्द्रबाट ओखलढुङ्गाका बाबुराम गौतम र संखुवासभाका राजेन्द्र कार्कीले दाबी गरेको उनले जानकारी दिए।

उपसभामुखमा भने अहिलेसम्म कसैको दाबी नआएको जनाइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.