बेवारिसे सवारीसाधन वर्षौदेखि सोलु प्रहरीको नियन्त्रणमा

बेवारिसे सवारीसाधन वर्षौदेखि सोलु प्रहरीको नियन्त्रणमा

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा वर्षौदेखि प्रहरी नियन्त्रणमा रहेको एक दर्जन बेवारिसे सवारी साधन जीर्ण बन्न थालिसकेका छन् । चेकजाँचको क्रममा प्रहरीले नियन्त्रणमा लिएको बोलेरो, कार र मोटरसाइकल गरि १२ वटा सवारी साधन झण्डै ४ वर्षदेखि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नियन्त्रणमा रहेका छन् ।

नियन्त्रणमा रहेका सवारी साधनहरुमा ना ३ च ३९२९ नम्बरको बोलेरो र मे ९ प ३८२२, बा ०२०१६०/३६४३, बा ९३ प ८८९५, को २५ प ६४५०, बा ५३ प ९११७, बा ४६ प ४८०० र बा ५५प ४८३३ बा ५७ प ५२०६ नम्बरको अपाची आरटिचार, बा ४३ प ५२४२, बा ३६ प २४६५ र स ४ प ३४५४ नम्बरका हण्डा मोटर साइकल रहेको प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिए । उनका अनुसार ति सवारी साधनहरुको कुनै पनि कागजात नभएको र वर्षौदेखि सवारी धनीसमेत सम्पर्कमा आएका छैनन् । 

लामो समय प्रहरी कार्यालयको खुल्ला स्थानमा राखिदा उक्त सवारी साधनहरु काम नलाग्ने अवस्थामा पुगिसकेका छन् । कतिपय खियाका कारण जीर्ण बनिसकेका छन् भने मोटरसाइकलको अधिकांश संरचनाहरु घाम/पानीले काम नलाग्ने अवस्थामा पुगिसेका छन् ।

कार्यालयले लिलाम बिक्री गरि सरकारी खातामा राजस्व दाखिला गर्न पाउने कानुनी व्यवस्था भएपनि झन्झटिलो प्रक्रियाका कारण समस्या भएको स्रोतको भनाई छ । कार्यालय परिसरमा १२ वटा बेवारिसेसहित अन्य ३२ वटा कागजात चुस्तदुरुस्त नभएका सवारी साधनहरु पनि वर्षौदेखि थन्किएका छन् । 

ट्राफिक चेकजाँचको क्रममा ४ वर्ष अघिदेखि समातिएका सवारी साधनहरु लिन नआउँदा ति सवारी साधनहरु पनि कवाडीमा परिणत भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.