गणतन्त्रका लागि लडेकाहरूबाटै गणतन्त्र खतरामा : चित्रबहादुर केसी

गणतन्त्रका लागि लडेकाहरूबाटै गणतन्त्र खतरामा : चित्रबहादुर केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र खतरामा परेको बताएका छन्। संसद् बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले गणतन्त्रका लागि लडेकाहरुबाटनै गणतन्त्र खतरामा परेको बताएका हुन्।

केसीले भने, ‘गणतन्त्र, संसदीय व्यवस्थाप्रति जनता निरास छन्। गणतन्त्रका लागि लडेकाहरुबाट गणतन्त्र खतरामा परेको छ। शक्ति राष्ट्रको एजेण्डा कार्यान्वयन गर्न हामीलाई मतदाताले पठाएका हुन्। ’

जुनसुकै मुल्य चुकाएर सत्तामा जाने प्रवृत्ति हाबी रहेको बताए। केसीले भने, ‘अहिले जे कुरा पनि सेटिङबाट चलेको छ। संघीयता खोलेर दिनको पाँच सय मान्छे विदेश गइरहेको छ।’

आम जनतामा नेताप्रति निरासा छाएको बताए। केसीले भने, ‘जती चिप्ला कुरा गरे पनि यो सदावाहार कुरा हो। अहिले पनि देशको अर्थतन्त्र डामाडोल भएको हामी सबैलाई थाह छ। संघीय लोकतान्त्रिक व्यवस्था आउँदा देश स्वीजरल्याण्ड आउँछ भनीयि, भयो त।’

अहीलेपनि देश वेवारिसे रहेको बताए। केसीले भने, ‘चुनाव लडिनसक्नु भइसक्यो। यो कसका कारण भयो? राजनीतिक पार्टी, नेता, सांसद, मन्त्रीप्रति जनताको आसा छैन। यहि चरित्र कायम गर्‍यौं भने हामीले देश जोगाउन सक्दैनौं।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.