थारुको जाँड ब्राण्डिङ गर्ने अभियानमा छौं : मन्त्री चौधरी

थारुको जाँड ब्राण्डिङ गर्ने अभियानमा छौं : मन्त्री चौधरी

दाङ : लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले थारु समुदायको संस्कार र संस्कृति सरंक्षणमा प्रदेश सरकार लागिरहेको बताएका छन्। 

मन्त्री चौधरीले राज्यले अन्य समुदायको जस्तै थारु समुदायको संस्कार जोगाउन अग्रसर रहने बताए।  

सोमबार तुलसीपुरमा भएको माघी महोत्सवको उद्घाटन गर्दै उनले थारु समुदायका पछिल्ला पुस्ता यसतर्फ बढी जागरुक हुन जरुरी रहेको बताए। 

उनले यस्ता किसिमका महोत्सवले पछिल्लो पुस्तालाई आफ्ना संस्कार सम्बन्धी ज्ञान लिन सहज हुने विश्वास व्यक्त गरे। मन्त्री चौधरीले थारु जातिले बनाएको जाँड, रक्सी अनदीको झोल बेच्न पाउनुपर्ने बताए। 

'त्यसका लागि यो वर्ष लुम्बिनी प्रदेश सरकारले रक्सी सबैले बेच्न र बोतलीकरण गर्न पाउनुपर्छ भनेर निर्णय समेत गरेको छ,' उनले भने विदेशी रक्सी बेच्ने नाममा जनजातिको उत्पादन बेच्न सकिएन, अब यसको ब्राण्डिङ गरेर जानुपर्छ।'

विदेशी ब्राण्डको ब्ल्याक लेभल र रेड लेभलभन्दा थारु समुदायले बनाउने अनदीको झोल, जाँड, डारु (रक्सी) कयौं गुणा गुणस्तरीय भएकाले यस्लाई थारु समुदायले बेचेर आम्दानी गर्ने अवस्था सिर्जना हुने‍ उनको भनाइ छ। 

उनले अनदीको रोटी, ढिक्री, कोलमा पेलेको तेल कसरी बेच्न सकिन्छ भनेर सोच्नुपर्ने बेला आएको बताउँदै गाउँगाउँमा आफ्नो संस्कृति बनाउँदै पैसा लिएर देखाउने चालचलन अगाडि बढाउनुपर्ने बताए।

अहिले थारुहरूको संस्कृति जोगाउन दाङका महटवाहरू अग्रसर भएकामा खुशी व्यक्त गर्दै थारुहरूको खानपीनको संरक्षणसहित थारु महटवा, गुरुवाहरूलाई भत्ताको व्यवस्था गर्न आफु प्रतिवद्ध रहेको बताए।

मताहवा महासंघ तुलसीपुर उपमहानगर समितिको आयोजना तथा पर्यटन विकास परिषद् लुम्बिनी, पर्यटन डिभिजन कार्यालय कोहलपुरको प्रायोजनमा कार्यक्रम भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.