मधुमेह र मनोविज्ञान

जीवनशैली सुधार गरेर नै ग्लुकोज लेभल सामान्य बनाउन सकिन्छ। शारीरिक कार्य नगर्नु, चिन्ता, तनाव तथा नकारात्मक सोच डाइबेटिज बिरामीका लागि हानिकारक छ। डाइबेटिकलगायतका रोगहरू जन्माउने कारण पनि यही हो।

मधुमेह र मनोविज्ञान

मधुमेह, अर्थात् डाइबेटिज मिलाइटस। नेपाली समाजमा यसलाई चिनी रोगले पनि चिनिन्छ। केही वर्षयता यो रोग भुसको आगोझैं संसारभरि फैलिएको छ। हिजोआज संसारका कुनै पनि देश मधुमेहको महामारीबाट अछुतो छैनन्। भारतलाई त मधुमेहको राजधानी भन्ने गरिन्छ। केही वर्षयता नेपाल पनि मधुमेहको महामारीले निकै आक्रान्त छ। घरघरमा मधुमेहीहरू देखिन थालेका छन्।

यहाँ उल्लेखनीय कुरा के भने कुनै कीटाणु तथा जीवाणुले मधुमेहको महामारी फैलाउने कार्य गरेका छैनन्। मधुमेहको प्रमुख कारण बढ्दै गएको गलत खानपिन तथा अप्राकृतिक जीवनशैली भए पनि संसारभरिका मेडिकल माफियाहरू एक ढिक्का भई तिललाई पहाड बनाई मधुमेहको महामारी फैलाउने काममा गरिरहेका छन्। मधुमेहको सम्बन्धमा सर्वसाधारणले सुन्दै र पढ्दै आएको कुरा के हो भने मधुमेह ज्यादै खतरनाक रोग हो, यसबाट पूर्णमुक्ति सम्भव छैन। यसलाई नियन्त्रण गर्न नियमित रूपमा चेकजाँच र औषधि सेवन गर्नुपर्छ। यस प्रकारको विज्ञापन गरेर मधुमेहको सम्बन्धमा ठूलो षड्यन्त्र भइरहेको छ। मधुमेहको महामारी फैलाउने कार्य भइरहेको छ। त्यसैले मधुमेहको महामारीलाई रोक्न यस षड्यन्त्रको मनोविज्ञान बुझ्न जरुरी छ।

मधुमेह के हो ?

मधुमेह रोग होइन, लक्षण हो। जन्डिस जस्तै। रगतमा आवश्यकभन्दा बढी ग्लुकोज (सुगर) देखिनु नै मधुमेह हो। यो स्थिति तब देखा पर्छ जब पेन्क्र्यिाजले पर्याप्त इन्सुलिन बनाउन सक्दैन या कोषहरूले उचित रूपमा ग्लुकोज ग्रहण गर्न सक्दैनन्। ग्लुकोज शरीरका लागि अति आवश्यक तत्त्व हो। ग्लुकोजबाट नै शरीरले ऊर्जा (इनर्जी) पाउँछ। त्यही इनर्जीबाट नै शरीर सञ्चालन हुन्छ। तर जीवकोषहरूले पर्याप्त ग्लुकोज प्राप्त गर्न सकेनन् भने थकानका साथै अनेक लक्षणहरू देखा पर्छन्। यो नै रगतमा ग्लुकोज बढेको संकेत हो।

रगतमा ग्लुकोज किन बढ्छ

मानिसले खाएको खाना आमाशयमा पुगेपछि खानलाई हाइड्रोक्लोरिक एसिड र अन्य थुप्रै रसायन तत्त्वहरू मिलेर गलाउँछन्। यहाँ गल्नु भनेको खानाका ठूलाठूला अणुहरू मसिना बन्नु हो अथवा ग्लुकोज भन्ने एक प्रकारको मसिनो चिनीमा परिणत हुनु हो। यही प्रक्रियालाई साधारण भाषामा हामीले पच्नु भन्छौं। खाएको खाना आमाशयमा मसिनो बनेपछि सानो आन्द्रामा जान्छ। सानो आन्द्राले ग्लुकोज बनेको खानालाई विस्तारै सोसेर लिन्छ र त्यो खाना रगतमा मिसिन्छ। यसरी रगतमा पुगेको ग्लुकोज, यदि शरीरलाई तत्काल अवश्यक छ भने तत्काल शक्तिमा परिणत हुन्छ, तत्काललाई चाहिएको छैन भने पछिको लागि सञ्चित भएर बस्दछ।

ग्लुकोज सञ्चित हुँदा ग्लाइकोजेनको रूपमा मुख्यतया कलेजो र मांसपेशीमा सञ्चित हुन्छ। तर रगतमा प्रवेश गरेको ग्लुकोज भने इन्सुलिनबिना तत्कालै शक्तिमा परिणत हुन पनि सक्दैन, अनि सञ्चित हुन पनि सक्दैन। तब रगतमा ग्लुकोजको मात्र बढ्छ।

शरीरका कोषहरूमा एक प्रकारका ढोका हुन्छन्। जब प्यांक्रियाजबाट इन्सुलिन निस्कन्छ उक्त इन्सुलिन रगतमार्फत गएर हरेक कोषहरूलाई खाना आयो, ढोका खोल भन्छ, अनि कोषहरूले ढोका खोल्छन् र ग्लुकोजभित्र जान्छ। यसरी भित्र गएको ग्लुकोज तत्काल शक्ति चाहिने भए कोषहरूले तत्कालै प्रयोग गर्छन्, नत्र पछि प्रयोग गर्नको लागि सञ्चय गर्छन्। रगतमा भएको ग्लुकोज कोषहरूमा गइसकेपछि रगतमा ग्लुकोजको मात्रा स्वतः घट्दछ। यो घटेको कुरा बेटा सेलहरूले नै तुरुन्त प्यांक्रियाजलाई खबर गर्छन् र यसले पनि इन्सुलिन उत्पादन गर्ने गतिलाई घटाउँछ।

बेटा सेल्स के हो ?

शरीरमा आमाशयको तल्लो भागमा सानो आन्द्रा, कलेजो, फियो, पित्तथैली आदिले घेरिएर रहेको प्यांक्रियाज भन्ने करिब ६ इन्च लामो गाजरजस्तै जस्तै आकारको अंग हुन्छ। यसमा विभिन्न प्रकारका हर्मोन उत्पादन गर्ने क्षेत्र हुन्छ, जसमा अल्फा सेल्स, बेटा सेल्सलगायतका लाखौं कोषहरू हुन्छन्। अल्फा सेल्सले मुख्यतया ग्लुकोजननामक हार्मोन उत्पादन गर्छन् भने बेटा सेल्सले इन्सुलिननामक हार्मोन उत्पादन गर्छन्।

रगतमा ग्लुकोजको मात्रा हामीले खाने वस्तुको प्रकार, मात्रा र समयको आधारमा उही दिनमा पनि धेरै पटक घटबढ हुन्छ। साधारण अवस्थामा हाम्रो रगतमा प्रतिडेसिलिटर ७० देखि १२० मिलिग्राम ग्लुकोजको मात्रा हुनुपर्छ। त्योभन्दा बढी भए चिनी रोग लाग्दै गरेको वा लागेको मान्नु पर्छ। रगतमा चिनीको मात्रा जतिजति बढी हुन्छ चिनी रोगको अवस्था पनि त्यति नै जटिल भएको बुझ्नु पर्छ। खाना खानेबित्तिकै भने चिनीरोग नै नलागेको व्यक्तिको रगतमा पनि यो मात्रा १८० सम्म पुग्न सक्छ। तर खाना खाएको दुई घण्टाभित्रमा भने यो मात्रा घटेर १४० मा ओर्लेको हुनुपर्छ। जब रगतमा चिनीको मात्रा १८० भन्दा बढी हुन्छ, त्यो बढी हुन आएको चिनीको मात्रा मिर्गौलाले पिसाबमार्फत फालिदिन्छ। खानाबाट प्राप्त हुने चिनीको मात्रा भाँडामा पानी खन्याएझै तुरुन्तै जम्मा हुने त होइन, बिस्तारैबिस्तारै घण्टौंको समयमा हुने हो। चिनी बिस्तारै रगतमा प्रवेश गर्दछ, रगतमा यसको मात्रा बढ्छ, अनि मिर्गाैलाले पिसाबमार्फत फालिदिन्छ। त्यही भएर चिनी रोग लागेका व्यक्तिहरूलाई छिनछिनमा पिसाब आउँछ।

चिनी फालिनु भनेको शरीरका कोषहरूको वृद्धि विकास गराउन, हानिकारक ब्याक्टेरिया, भाइरस, रोगब्याधिसँग लड्न, घाउचोट निको गराउन मुख्य भूमिका खेल्ने प्रोटिन तथा शरीरलाई विभिन्न कार्यको लागि चाहिने अन्य पौष्टिक पदार्थ फालिनु पनि त हो। त्यसैले शरीरले यस्ता पदार्थ नपाउँदा चिनी रोग लागेको व्यक्तिलाई बढी भोक लाग्ने, ऊ दुब्लाउँदै जाने, थकित महसुस गर्ने, आँखा धमिलो देख्ने, घाउ निको नहुने, छाला फुट्ने, महिलालाई घरीघरी योनि चिलाउने आदि समस्या देखा पर्छन्। त्यसको अतिरिक्त रगतमार्फत पर्याप्त थप खाना प्राप्त नहुँदा कोषहरूले सञ्चित शक्ति खर्च गर्नुपर्छ। यहाँनेर शरीरमा सञ्चित बोसोरूपी शक्ति प्रयोग भएको ठीक हो कि होइन भन्ने प्रश्न उठ्न सक्दछ। तर शरीरको संयन्त्र त्यसरी चल्दैन। सञ्चित शक्ति धेरै मात्रामा खर्च भयो भने शरीरमा केटोनेस भन्ने बिकार निस्कन्छ। धेरै मात्रामा केटोनेस निस्कने अवस्थालाई डाइबेटिक केटोएसिडोसिस (डीकेए) भनिन्छ, जसले जीवन नै खतरामा पार्न सक्छ। सामान्यतया टाइप वान डाइबेटिज हुने व्यक्तिलाई यस्तो अवस्था आउन सक्दछ।

मधुमेहका प्रकार

मधुमेहका मुख्यतया तीन अवस्था हुन्छन्। शरीरका कोषहरूले इन्सुलिनप्रति पूर्ण प्रतिक्रिया नजनाउनुको कारणले रगतमा चिनीको मात्रा बढ्यो भने त्यसलाई मधुमेहको सुरुआती अवस्था (प्रिडाइबेटिज) भनिन्छ। त्यस्तै, रगतमा प्रवेश गर्ने ग्लुकोजको अनुपातमा प्यांक्रियाजले पर्याप्त इन्सुलिन उत्पादन गर्न नसक्नुको कारणले रगतमा चिनीको मात्रा बढ्यो भने त्यसलाई निम्न कोटीको मधुमेह (टाइप ट डाइबेटिज भनिन्छ। र, शरीरमा हुने विभिन्न रसायन संयन्त्र तथा रासायनिक प्रतिक्रिया हुँदा अस्वाभाविक गल्तीको कारणले प्यांक्रियाजलाई इन्सुलिन उत्पादन गर्न निर्देशन दिने बेटा सेल नै निमिट्यान्न भएर इन्सुलिन नै उत्पादन नभएर रगतमा चिनीको मात्रा बढेर हुने मधुमेहलाई उच्चकोटीको (टाइप वान डाइबेटिज) भनिन्छ।

सामान्यतया टाइप वान डाइबेटिज २० वर्षभन्दा पहिले नै हुन्छ। टाइप वान डाइबेटिजलाई वंशाणुगत रोग पनि भनिन्छ। साथै गर्भावस्थामा थुप्रै प्रकारका हार्मनहरू निस्किने र तिनीहरूका अनगिन्ती रासायनिक प्रतिक्रियाहरू हुने हुनाले यो अवस्थामा कतिपय महिलाको रगतमा चिनीको मात्रा बढ्छ। यस्तो प्रकारको स्थितिलाई जेस्टेसनलन डाइबेटिज भनिन्छ।

डाइबेटिजप्रतिको धारणा

चिकित्सकले पढेको, बुझेको र केही हदसम्म बुझ पचाएको कुरा के भने अहिलेकै अवस्थामा टाइप वान डाइबेटिज निको हुने उपाय छैन, यसका लागि इन्सुलिनको सुर्इं नियमित लगाइरहनु पर्छ। टाइप टु डाइबेटिज भोजनमा सुधारको साथै शारीरिक अभ्यास गर्दा क्षणिक रूपमा केही मात्रामा सुधार देखिए पनि कालान्तरमा यो पनि टाइप वान डाइबेटिजमा नै बदलिन्छ। प्रिडाइबेटिज तथा जेस्टेसनल डाइबेटिजको अवस्था भने नियमित सन्तुलित भोजन र शारीरिक अभ्यासले नियन्त्रण हुन सक्दछ। तर यो धारणा पूर्णसत्य छैन। वास्तवमा यो डाइबेटिक बिजनेस हो। यस बिग बिजनेसमा अनेक पक्षहरूको आआफ्नो स्वार्थ गाँसिएको छ। यही नै मेडिकल माफियाहरूको हिरा कटाइ छ। यसप्रति सचेत र सजग हुनु आजको आवश्यकता हो।

डाइबेटिजको एक वैज्ञानिकको मापदण्ड के हो भने बिहानको फास्टिङ ग्लुकोज लेभल र सुत्ने बेलाको ग्लुकोज लेभलको जोडलाई २ ले भाग गर्दा ग्लुकोज लेभल २५० भन्दा कम हुन्छ भने यस अवस्थामा औषधिको आवश्यक पर्दैन। जीवनशैली सुधार गरेर नै ग्लुकोज लेभल सामान्य बनाउन सकिन्छ। साधारणतया चामल, दही, उखुको रस, चिनी, मौसमी, अनार, आँप, भेली, मिस्री, आलु, मैदा र बेसनका परिकार, तारेको, भुटेको, बढी चिल्लो तथा चिनी हालेको पदार्थ, जंकफुड, फास्टफुड तथा धूमपान र मद्यपान, दिउँसो सुत्ने बानी, कुनै शारीरिक कार्य नगर्नु, चिन्ता, तनाव तथा नकारात्मक सोच डाइबेटिज बिरामीका लागि हानिकारक छ। डाइबेटिकलगायतका रोगहरू जन्माउने कारण पनि यही हो।

दैनिक ४–५ किलो मिटरको हिडाइँ वा दौडाइ, ध्यान, प्राणायाम तथा व्यायाम गर्ने तथा सकारात्मक सोच राख्नुपर्छ। बजरा, जौ, चना आदिको चोकरयुक्त आटा, मुग, करेला, सिस्नो, कुरिलो, परवल, रामतोरिया, बैगुन, लौका, टमाटर, फर्सी, काँक्रो, पालक, बेथे, सिमी, ब्रोकाउली, बन्दगोपी, फुलगोपी, रातो प्याज, लसुन, कागती, मेथी, अमला, जमुना, बदाम, च्याउ, सक्खरखण्ड, दालचिनी, शीतलचिनी (मोरिंगा), सागपात तथा फलफूलमा (एक दाना स्याउ, एक दाना अम्बा, एक सुन्तला, आधा कप स्ट्राबरी) सेवन गर्नु डाइबेटिकका लागि निकै फाइदाजनक मानिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.