श्रीमतीको हत्या गरेर आत्महत्या, घरायसी झगडाले दम्पतीको ज्यान गयो

श्रीमतीको हत्या गरेर आत्महत्या, घरायसी झगडाले दम्पतीको ज्यान गयो

चितवन : सामान्य विवादले सुरु भएको घरासयी झगडाले चितवनमा एक दम्पतीको ज्यान गएको छ । श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् । 

भरतपुर महानगरपालिका  वडा नम्बर २९ स्थित खेतबारीका २३ वर्षीय प्रेमबहादुर रानामगरले चौकोस प्रहार गर्दा उनकी श्रीमती २१ वर्षीय बुद्धिमाया रानामगरको मृत्यु भएको हो । श्रीमतीको हत्या गरेपछि रानाले पासो लगाएर आत्महत्या गरेका हुन् । 

उनीहरुको चार वर्षका छोरा छन् । कामबाट फर्किएपछि उनीहरुबीच झगडा भएको स्थानीयले बताए । सोमबार साँझ साढे सात बजेतिर घटना भए पनि बिहान मात्रै थाहा भएको वडाध्यक्ष क्याप्टेन सूर्यबहादुर गुरुङले बताए । 

‘ श्रीमतीलाई खाली शंका मात्रै गर्दा अघिपछि झगडा हुने गरेको रैछ' , उनले भने, ‘ हिजो श्रीमतीलाई चौकोसले हानेपछि आफू डोरी लगाएर झुण्डिएको हो । नजिकै घर नभएको कारण बिहान मात्रै थाहा पाइयो। सामान्य घरायसी विवादले सुरु भएको झगडाले हत्याको रुप लिएको हो ।  पोष्टमार्टमका लागी शवलाई भरतपुर अस्पताल लगिएको छ ।'

शव घर बाहिर आँगनमा रहेको अगेनाको छेउमा मृत अबस्थामा फेला परेको डिएसपी नरहरि आचार्यले बताए ।  घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.