लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका नेता लिला गिरी नियुक्त भएका छन् । गिरीले दिउँसो मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

गिरीले ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका थिए । गिरीलाई नेकपा एमालेका २९,नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन छ।

May be an image of text that says 'नेपाल सरकार पत्र संल्या:- सब्या:-201९/78 20 be/to चलानो ส:- 990 प्रदेश प्रमुख लुम्चिनी प्रदेश मुकाम बुटवल, रुपन्देही नेचारा तुष्चिती पুপाम मिति:२०७९/०९/२७७ विषय: नियुक्ति। माननीय श्री लिला गिरी, सदस्य, प्रदेश सभा लुम्बिनी प्रदेश नेपालको संविधानको धारा १६५ को उपधारा (२) बमोजिम तपाईलाई लुम्विनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेको छु मुख्यमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई छ तपाईको कार्यकालको सफलताको कामना गर्दलु የ126 अमिक शेरचन प्रदेश प्रमुख मा. अमिक शेरचन प्रदेश प्रमुख'

को हुन् गिरी ?
नवनियूक्त मुख्यमन्त्री गिरीको पुख्र्यौली घर गुल्मीको रुरुक्षेत्र गाउँपालिका ५ बम्घा हो। हाल उनी रुपन्देहीको तिलोत्तमा नगरपालिका १ स्थित शंकरनगरमा बसोबास गर्छन्। नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्रदेश सहइन्चार्ज गिरी यसअघि प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री थिए।

गिरी पूर्व शिक्षक पनि हुन्। ०२२ सालमा १२ वर्षको उमेरमै गुल्मीमा तत्कालिन पञ्चहरुको विरुद्ध अगुवा शिक्षक सिद्धिनाथ ज्ञवालीहरुसँगै आन्दोलनमा सहभागी गिरी गुल्मीबाट ०३४ सालमा रुपन्देही बसाइसरेका हुन्।

उनी बहुदलीय व्यवस्थाको पहिलो गाविस अध्यक्ष समेत हुन्। शंकरनगर गाउँ विकास समितिमा गिरी पहिलो जननर्वाचित अध्यक्ष हुन्। उनले शहीद गंगालाल पुस्तकालयको महासचिव, क्रान्तिकारी बुद्धिजीवी संघ, शिक्षक संगठन, युवा सक्रिय दल, दक्षिण एशियामै ऐतिहासिक मानिने सोह्र–छत्तीस कुला मौजाको नेतृत्व सम्हालेका छन‍्।

०६१ माघ १९ मा तत्कालिन राजा ज्ञानेन्द्रको शाही ‘कु’ को विरोध गर्दा जेल पनि परेका थिए। ०४६ सालमा नेकपा मालेको जिल्ला कमिटी सदस्य, सोही समयमै जिल्ला वाममोर्चाको सदस्य, २०४७ सालमा पार्टी एकीकरण भएपछि बनेको नेकपा एमालेको जिल्ला कमिटी सदस्य, ०५६ मा जिल्ला कमिटी रुपन्देहीको उपसचिव भएर काम गरेका छन्। उनी रुपन्देही क्षेत्र नं. २ (१) बाट निर्वाचित सांसद् हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.