भ्रष्टाचारीलाई कारवाही गर्छुः मुख्यमन्त्री यादव
जनकपुरधाम: मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले भ्रष्टाचारीलाई कारवाही गर्ने बताएका छन्। मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले सबै चुनौतीको समाधान गरी भ्रष्टाचार निवारणमा आवश्यक पहल गर्दै भ्रष्टाचारीलाई कारवाही गर्ने बताए।
जनताले सबै दल मिलेर जानुपर्ने म्यान्डेट दिएको भन्दै उनले भने, ‘सबै दलसँग मिलेर राम्रो रोडम्याप बनाएर अगाडि बढछु। अनियमित काम कारवाही हुन दिन्न्।’
मन्त्रिमण्डल विस्तार शपथ ग्रहणपछि हुने उनले बताए। अहिलेको १० वटा मन्त्रालयलाई यथावत राखेर मन्त्रिमण्डल बनाइने यादवको भनाइ छ।
नवनियुक्त मुख्यमन्त्री यादवको सपथ ग्रहण शुक्रबारलाई तय भएको छ।
यादव जसपासहित ७ दल र दुई स्वतन्त्र सांसदको समर्थनमा मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। १०७ सदस्य रहेको मधेस प्रदेशमा ६३ प्रदेश सभा सदस्यको समर्थनमा यादव मुख्यमन्त्री बनेका हुन्।
प्रतिक्रिया दिनुहोस !