सरकारको ५ वर्षको कामको समीक्षा गर्न उच्चस्तरीय कमिटी गठन गरिने

सरकारको ५ वर्षको कामको समीक्षा गर्न उच्चस्तरीय कमिटी गठन गरिने

जनकपुरधाम : मधेस प्रदेश सरकारको नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूको शपथ ग्रहणपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले गत ५ वर्षमा गरेका कामहरूको समीक्षा गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री कार्यालयमा शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट गत ५ वर्षभित्र प्रदेश सरकारले गरेका कामहरूको मूल्यांकन तथा समीक्षा गर्ने निर्णय गरिएको विना विभागीय मन्त्री वसन्त कुश्वाहाले जानकारी दिए।

प्रदेश सरकारले गरेका कामहरूको मूल्यांकन तथा समीक्षा सहितको रिपोर्ट तयार पार्नका लागि उच्चस्तरीय कमिटी समेत गठन गरिएको उनले जानकारी दिए। 

उनका अनुसार सो कमिटीलाई रिपोर्ट तयार पार्नका लागि १५ दिनको समय दिइएको छ। यसका साथै मधेशमा शीतलहरको समय रहेकाले प्रत्येक पालिकालाई दाउरा वितरण गर्ने निर्णय समेत गरिएको छ। 

गरिब तथा विपन्न वर्गलाई जाडो छल्नका लागि १३६ वटै पालिकालाई दाउरा वितरण गर्ने निर्णय गरिएको हो। मधेस सरकार मातहत रहेका प्रत्येक सरकारी कार्यालयमा गुनासो पेटिका राख्ने निर्णय समेत गरिएको छ।

सो गुनासो पेटिकामा संकलन भएका गुनासाहरू प्रत्येक दिन मुख्यमन्त्री कार्यालयमा पुर्‍याइने विना विभागीय मन्त्री कुश्वाहाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.