मधेस : सभामुखमा एमालेका रामचन्द्र मण्डलको उम्मेदवारी
जनकपुरधाम : मधेस प्रदेशको सभामुखमा एमालेका रामचन्द्र मन्डलको उम्मेदवारी दर्ता भएको छ।
सत्ता समीकरणमा सभामुख पाएको एमालेले रामचन्द्र मण्डललाई सभामुखमा उम्मेदवारी दर्ता गर्न लगाएको हो।
उनी धनुषाको क्षेत्र न १ 'ख' बाट दोस्रो पटक निर्वाचित सांसद हुन्। माओवादी पृष्ठभूमिका मन्डल नेकपा विघटनको बेला एमाले रोजेका थिए।
उनी यसअघि माओवादी केन्द्रबाट संसदीय दलका नेता तथा नेकपा हुँदा प्राकृतिक तथा सम्पदा समिति सभापति समेत थिए।
एमालेलाई, समाजवादी पार्टी, जनमत पार्टी, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र गरी ७२ सांसदको समर्थन छ। मधेसमा कुल १ सय ७ प्रदेशसभा सदस्य छन्।
प्रतिक्रिया दिनुहोस !