महोत्सवमा रैथाने खाना

महोत्सवमा रैथाने खाना

दाङ : होटल व्यवसायी समितिले शनिबार तुलसीपुरमा रैथाने महोत्सव गरेको छ।  रैथाने खानाको प्रचार–प्रसार गरी दाङको पर्यटन प्रबद्र्धन र विकास गर्न माघी पर्वको पूर्वसन्ध्यामा रैथाने खाना महोत्सवमा शनिबार आठ प्रकारका रैथाने खानाका परिकार जनप्रतिनिधि, सुरक्षा निकाय, पत्रकार, होटल व्यवसायीलगायतलाई निःशुल्क रूपमा खुवाएको हो। 

रैथाने खानाको उपभोग गरेपछि मात्र यसको उत्पादनलाई दिगो विकास गर्न सकिने निष्कर्षसहित महोत्सव आयोजना गरिएको समितिको तुलसीपुरका अध्यक्ष इन्द्रबहादुर बस्नेतले बताए। उनले भने, ‘परम्परागतदेखि उपभोग गर्दै आएको खाना नै हो तर पछिल्लो समय यसको उपभोग घट्दै गएकाले बजारमा ल्याउन आवश्यक ठानेर यी खानाको प्रबद्र्धन अभियानमा लागेका हौं।’ दाङका होटलमा रैथाने खानाको मेनु अनिवार्य आवश्यकता भएको उनले बताए। 

उनले भने, ‘स्वास्थ्यका लागि आति आवश्यक भए पनि पछिल्लो पुस्ताले भुल्दै जान थालेपछि होटल व्यवसायी नै रैथाने दाङसहित पश्चिमका रैथाने खानालाई विश्वबजारमा पु¥याउनका लागि होटल व्यवसायी समितिले आवश्यक कदम चालेको तुलसीपुर होटल व्यवसायी समितिका सचिव तुफान केसीले बताए। 

‘केही दिनअघिमात्रै रैथाने खानाको प्रचारका लागि कार्यक्रमको आयोजना गरेका थियौँ, त्यसमा ढिक्री र लसुनको अचारको स्वाद अमेरिका बस्ने कुकलाई समेत चासो जागिसकेको छ।’ उनले भने, ‘हराउन थालेको रैथाने खानाको विकासका लागि अहिलेको प्रयास शुरुवात हो, अब क्रमशः होटलका मेनुमा पनि आउँछ।’ रैथाने खाना बनाउनका लागि कुकको उत्पादनमा समेत लागेको उनले बताए। 

उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले स्थानीय खानाको प्रवद्र्धनका लागि होटल व्यवसायीले चालेको प्रयासलाई स्थानीय सरकारले पनि साथ दिने बताए। ‘स्थानीय वस्तुको बजारीकरणमा हामी आफैंले गर्ने काम होटल व्यवसायी समितिले गर्नुभएको छ।’ उनले भने, ‘दाङकै रैथाने खानाको पहिचान गरी व्यवसायीले त्यसलाई पनि समेट्नुपर्छ।’ 

पर्यटन विकासपरिषद् लुम्बिनीका बोर्ड सदस्य जनक खरालले रैथाने खानाको प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न सकिने बताए। ‘विदेशी संस्कृतिमा रमाउने प्रचलनले नेपाली मौलिक कुराहरू लोप हुँदै गएका छन्। रैथाने खाना नेपालको मौलिक खाना हो’, उनले भने, ‘यसको प्रवद्र्धनका लागि हामीले आवश्यक सहयोग र समन्वय गर्न सक्छौँ।’

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर चेम्बर अफ कर्मशका अध्यक्ष टोपबहादुर घर्ती, नेपाल होटेल व्यवसायी संघका केन्द्रीय सदस्य नेत्रलाल वली, सेफ प्रशिक्षक विजय घिमिरेका अनुसार रैथाना खानाको रूपमा महोत्सवमा सिन्की र भटमासको झोल, ढिक्री, लसुनको चटनी, आलु भांगाको अचार र मही, साँधेको कुखुराको मासु, काचो मेवाको अचार अनि खिचडी लगायतका खानाका परिकार करिब ८ सय जनालाई खुवाइएको थियो। ‘खोलेमा अर्गानिकता छ। सुपमा छैन’, सेफ घिमिरेले भने, ‘स्थानीय उत्पादनलाई बजारीकरण गर्ने माध्यम नै अब रैथानै खानाको संरक्षण गर्नु हुनेछ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.