रुरु क्षेत्र रिडिमा भक्तजनको घुइँचो (फोटोफिचर)
तानसेन : पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्रधाम रिडिमा कालीगण्डकी स्नानका लागि भक्तजनको भीड लागेको छ।
माघे संक्रान्तीका अवसरमा परम्परादेखि नै रिडिमा जेठी, माइली र कान्छी संक्रान्तीको रूपमा मेला लाग्दै आएको छ।
भक्तजनले बिहानैदेखी स्नान गर्नुका साथै ऋषिकेश भगवानको दर्शन गरिरहेका छन्।
स्नान गर्नाले अन्जानमा गरेका सम्पूर्ण पाप नाश हुने र मृत्युपछि स्वर्गमा बास हुने जनविश्वास रहेको पाइन्छ।
रुरु क्षेत्रधाम नेपालको चार धाममध्ये एक भएकाले यसको विशेष धार्मिक महत्व छ। मेलामा नेपालकै नमुना तीन मुखे पुल विशेष आर्कषण बनेको छ। पाल्पा, गुल्मी र स्याङ्जाबाट पुलमा आवतजावत गर्न सकिन्छ।
तस्बिरहरू : कृष्ण पोखरेल




प्रतिक्रिया दिनुहोस !