जाडोमा पखाला  !

डायरिया हप्ता दिनभन्दा बढी रह्यो भने यसलाई क्रोनिक डायरिया मानिन्छ। यसको उपचार समयमा गरिएन भने यो खतरनाक पनि हुन सक्छ।

जाडोमा पखाला  !

जाडोको महिनामा लगभग सबैजसो सरकारी अस्पताल तथा प्राइभेट अस्पताल, क्लिनिकहरूमा विन्टर डायरिया अर्थात् हिउँदमा हुने झाडापखालाका रोगीहरूको चाप बढेको हुन्छ। जसमा नवजात शिशु र कम उमेरका केटाकेटीहरूको संख्या बढी हुन्छ।

गर्मीयाममा हुने झाडापखाला त्यति खतरनाक हुँदैन, जति जाडोमा हुने डायरिया हुन्छ। जाडोमा डायरिया हुने मुख्य कारण चिसो लाग्नु हो। हिउँदमा चिसो अत्यधिक हुन्छ, झन् तराईतिर त शीतलहर नै चल्छ। जाडोको मौसम सुरु हुनेबित्तिकै ‘रोटाभाइरस’ अत्यन्त सक्रिय हुन्छ। जाडोयाममा हुने डायरिया रोटाभाइरसको कारणले गर्दा नै हुन्छ।

जाडो सिजनलाई स्वास्थ्यको दृष्टिकोणले रोगरहित मानिन्छ। जे खाए पनि सजिलैसित पच्छ। तर शारीरिक रूपले कमजोर बालबालिकामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ। यस्ता बालबालिकालाई संक्रमणको सम्भावना बढी रहन्छ। प्रायः डायरिया (झाडापखाला)मा सामान्य कुरामा ध्यान दिए एक सप्ताहमा आफैं ठीक हुन्छ। यसका लागि कुनै औषधिको आवश्यकता नै पर्दैन।

तर डायरिया हप्ता दिनभन्दा बढी रह्यो भने यसलाई क्रोनिक डायरिया मानिन्छ। यसको उपचार समयमा गरिएन भने यो खतरनाक पनि हुन सक्छ। सावधानी अपनाएमा यो समस्यालाई निको पनि पार्न सकिन्छ। यदि डायरियाको समुचित उपचार गरिएन भने जलवियोजन (डिहाइड्रेसन) हुन सक्छ अर्थात् शरीरमा पानीको मात्रा कम हुन सक्छ। शरीरमा पानीको मात्रामा कमी हुन गई बिरामीको मृत्यु पनि हुन सक्छ।

डायरियाबाट बच्ने उपाय
– शौच सकेपछि साबुनपानीले हात धुने।
– खाना खानुभन्दा अगाडि साबुनपानीले हात धुने।
– फलफूल तथा हरियो सागपात राम्रोसँग धोइपखाली मात्र खाने।
– खानेकुरालाई छोपिराख्ने।

डायरिया भए के गर्ने ?
– बच्चालाई जीवनजल दिइरहने।
– आमाको स्तनपान जारी राख्ने।
– खाना बन्द नगर्ने बरु हुन सक्छ भने 
बच्चालाई नरम खाद्यपदार्थ– जस्तै केरा, उसिनेको आलु मुछेर खान दिने।

डायरिया हुँदा के नदिने ?
– बच्चालाई मात्र ग्लुकोज या चिनी पानीको झोल नदिने। ग्लुकोजको झोलमात्र दिँदा शिशुको पेटमा ग्यास उत्पन्न हुन्छ। जसले गर्दा ब्याक्टेरिया संक्रमणको सम्भावना बढेर जान्छ।
– यस्ता तरल पदार्थ पनि नदिने जसमा केफिनको अंश होस्। जस्तै– कोकाकोला, कफी आदि।
– डायरियाको रोगीलाई आमाको दूधबाहेक बाहिरी दूध तथा दूधबाट बनेका परिकारहरू पनि दिनु हुँदैन।

उपचार यसरी
जलवियोजन हुन नदिन बच्चालाई सधैंको भन्दा बढीमात्रामा झोलीय पदार्थ ख्वाउनु पर्छ। झाडापखाला नथामिएसम्म झोलीय तरल पदार्थ दिन जरुरी छ। प्रत्येक पटक पातलो दिसा गरेपछि जीवनजल दिनुपर्छ। जीवनजलको मात्रा २ देखि १० वर्षसम्मका लागि १०० देखि २०० मिलिमिटर, १० वर्षभन्दा माथिकालाई बिरामीले चाहे जति दिन सकिन्छ। डायरिया लागेका बिरामीको 
उपचारको मुख्य उद्देश्य जलवियोजन हुन नदिई रोगीको प्राण बचाउनु हो।

पुनर्जलीय प्रक्रियाबाट जलवियोजनको उपचार भएमा झाडापखालाका बिरामी आफैं ठीक हुन्छन्। त्यसकारण झाडापखाला लागेका बिरामीका लागि पुनर्जलीय उपचार नै सबैभन्दा महŒवपूर्ण उपचार हो। बिरामीलाई कसरी र कतिसम्म पुनर्जलीय उपचार गर्ने भन्ने कुरा बिरामीको शारीरिक अवस्था र जलवियोजनको स्थितिमा भरपर्ने हँुदा पहिले बिरामीको स्थितिको लेखाजोखा गर्नुपर्छ। सोहीअनुसारको उपचार गर्नुपर्ने हुन्छ।

स्वास्थ्य संस्थामा लानुपर्ने अवस्था
– धैरै पटक पातलो दिसा गरेमा।
– राम्ररी खान वा पिउन नसकेमा।
– तारन्तार बान्ता गरेमा।
– ज्वरो आएमा।
– ज्यादै तिर्खाएको अवस्था भएमा।
– दिसामा रगत देखिएमा।
डा. मिश्र, होमियोप्याथिक कन्सल्टेन्ट हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.