मधेश प्रदेशको सभामुखमा एमालेका रामचन्द्र मण्डल निर्वाचित

मधेश प्रदेशको सभामुखमा एमालेका रामचन्द्र मण्डल निर्वाचित

जनकपुरधाम : मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन्। प्रदेशसभामा मंगलबार भएको मतदानमा एमालेका तर्फबाट उम्मेदवार बनेका मण्डल  सभामुखमा निर्वाचित भएका हुन्।

उनले ७४ मत प्राप्त गरेको प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्द न्यौपानेले बताए। नेपाली कांग्रेसका उम्मेदवार जङ्गिलाल राय यादवले २९ मत मात्रै ल्याएका थिए। मधेश प्रदेशमा १०७ कुल सदस्य संख्या मध्य १०३ उपस्थित रहेका थिए।

को हुन सभामुख मण्डल ?

निर्वाचित नेता मण्डललाई मास्टर साहेव’ भनेर चिन्ने गरिन्छ। उनी आफू कक्षा १२ मा पढ्दै गर्दा कक्षा १२ कै विद्यार्थीहरूलाई पढाउने उनको अद्भूत शक्ति देखेर उनलाई सबैले ’मास्टर साहव’ भनेर बोलाउथे। जुन आजसम्म पनि कायम छ।

जनयुद्धकालमा शिक्षक पेशामा आवद्ध भएका भएका कारण उनको सुपरिचित नाम मास्टर साहब’ रहेकfले सबैले उनलाई सोही नामले बोलाउने गरेका छन्। उनलाई सो क्षेत्रमा शिक्षाको मर्यादापालक भनेर समेत चिन्निछ। 

उनी बुवा परमेश्वर मण्डल र आमा नाम शितल्ली देवी मण्डलको कोखबाट २०३० साउन १७ गते धनुषाको परशुराम तलाउ (हाल मिथिलाविहारी नगरपालिका) धनुषामा जन्मेका हुन्। 

मण्डल न्यून मध्यमवर्गीय परिवारमा हुर्केका कारण सानैदेखि अन्याय अत्याचार तथा निमुखा तथा अन्याय अत्याचार विरुद्ध संघर्ष गर्दै आएका मण्डलले स्नातकोत्तर गरेका छन्।

उनी २०४६ सालमा तत्कालीन नेकपा मालेको गाउँ कमिटीको सचिव भएका थिए। २०४७ अखिल नेपाल स्वतन्त्रता विद्यार्थी युनियन जिल्ला कमिटी सदस्य हुँदै काठमाडौ-धनुषा सम्पर्क मञ्चको सस्थापक अध्यक्ष रहेका थिए। 

२०५४ देखि २०५९ सालसम्म शिक्षण पेशामा आवद्ध रहे। माओवादी जनयुद्धको सुरुवातसँगै माओवादीको गतिविधिमा लागेका मण्डल २०५९ सालमा नेकपा माओवादीमा प्रवेश गरी भूमिगत भएका थिए। 

अखिल नेपाल शिक्षक संगठनका संस्थापकका रूपमा कार्य जिम्मेवारी पूरा गर्दै मण्डल २०६३ सालमा नेकपा माओवादीको जिल्ला इन्चार्ज, २०६३ सालमा सेक्रेटरी केन्द्रीय सदस्य, पोलिटब्यूरो सदस्य हुँदै सचिवालय सदस्य भएका थिए। 

यसैगरी अन्तरिम सरकार गठनपश्चात् ग्रामीण आवास कम्पनीको महाप्रबन्धकमा नियुक्त भएका थिए। २०६४ सालमा महाप्रबन्धकबाट राजीनामा दिएर संविधानसभाको निर्वाचन भाग लिएका थिए।  

२०६५ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा जनकपुर क्षेत्र विकास परिषदका अध्यक्षको रुपमा कार्यभार सम्हालेका थिए। २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा चुनाव लडेका मण्डल पहिलो र दोश्रो संविधानसभामा पराजित भएका थिए।

२०७४ को प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएपछि माओवादी केन्द्रका संसदीय दलका नेता भएका थिए। वाम गठबन्धनबाट निर्वाचित भएका मण्डल एमाले र माओवादीको एकतापछि मधेश प्रदेशको प्राकृतिक श्रोत तथा वातावरण समितिका सभापति हुँदा नेकपाको विभाजनसँगै एमाले रोज्दा उनको सांसद पद गुमेको थियो। 

पुनः २०८९ सालको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा धनुषा क्षेत्र न १ (ख)बाट निर्वाचन जितेर सभामुखसम्मको यात्रा तय गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.