सिद्धार्थनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सिद्धार्थनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा अगामी फागुन ५ गते देखि ७ गतेसम्म (तीन दिन) राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ।

प्रतियोगिताको नगरस्तरीय व्यवस्थापन तथा निर्देशन समितिको बैठकले प्रतियोगिता गर्ने निर्णय गरेको हो।

प्रतियोगितामा छात्र–छात्रातर्फ भलिबल, कबड्डी, एथलेटिक्स र मार्शल आर्ट खेल हुने सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिए। 

प्रतियोगितामा सहभागिताका लागि नगरमा रहेको सबै विद्यालयहरूलाई अनुरोध गरिएको उनले बताए।

‘नगरमा सामुदायिक, निजी, धार्मिक गरेर कुल ७२ वटा विद्यालय छन्’ उनले भने, ‘हामीले सबैलाई अनुरोध गरिसकेका छौँ, अधिकांश विद्यालयहरू सहभागी हुने अपेक्षा छ।’

उनका अनुसार प्रतियोगितामा एथलेटिक्स अन्तर्गत छात्रातर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय, तीन हजार, चार हजार एक सय, चार हजार चार सय मिटर र छात्रतर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय, तीन हजार, चार हजार एक सय, चार हजार चार सय मिटर रिले दौड हुनेछन्।

त्यस्तै छात्रातर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो (८ सय ग्राम), सटफुट (८ पाउन्ड) र छात्रतर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो (८ सय ग्राम), सटफुट (१२ पाउण्ड) पनि खेल हुने बताइएको छ।

यस्तै मार्शल आर्ट अन्तर्गत तेक्वान्दो खेलको छात्रातर्फ अन्डर ४२ केजी, ४४ केजी, ४६ केजी र छात्र तर्फ अन्डर ४५ केजी, ४८ केजी, ५१ केजी तौल समूहका खेलाडी सहभागी हुने सिद्धार्थनगर नगरपालिकाको शिक्षा अधिकृत जानह्वी पाण्डेले बताइन्। सो क्रममा कराँते खेल प्रदशनीका रूपमा समेत खेलाइने छ।

‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कार्यविधि अनुसार प्रतियोगिता सञ्चालन गर्ने नगर स्तरीय समितीले निर्णय गरेको छ’ उनले भनिन्, ‘सोही कार्यविधि अनुसार प्रतियोगिता सञ्चालन हुनेछ।’

उनका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर १८ वर्ष ननाघेको, भलिबल र कबड्डी खेलमा सहभागी हुने खेलाडीहरू फरक फरक हुने पर्ने, अन्तराष्ट्रिय खेल खेलका खेलाडीलाई खेलमा समावेश नगरिने लगायत प्रतियोगिताको कार्यविधि अनुसार हुनेछ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेका खेलाडीहरू राष्ट्रिय स्तर खेलमा सहभागी हुनका लागि लुम्बिनी प्रदेशमा हुने खेलमा सहभागी भई छनौट हुने नगरपालिकाका शिक्षा शाखाका नायब सुब्बा कृष्ण पोखरेलले बताए।

प्रतियोगतामा प्रथम हुने टिम र खेलाडीलाई राष्ट्रपति रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाण पत्र, द्धितिय र तितृय विजेतालाई ट्रफी, मेडल, प्रमाण प्रदान गरिने नगरपालिकाको कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.