नक्कली मोबिलको कालोबजारी गर्ने  दुई जना पक्राउ

नक्कली मोबिलको कालोबजारी गर्ने  दुई जना पक्राउ

वीरगन्ज : वीरगन्जमा नक्कली मोबिलको कालोबजारी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले ठूलो परिमाणमा नक्कली मोबिल पनि बरामद गरेको छ। 

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-३ छपकैयामा समसुन ट्रेडर्सका सञ्चालकद्वय वीरगन्ज-३ छपकैयाकै ३५ वर्षीय शेख आविद अली र वीरगन्ज-१७ अलौंका २३ वर्षीय शेष कौशल रहेका छन्। 

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले छपकैयास्थित समसुन ट्रेडर्सको गोदाममा छापा मारेर खानतलाशी गरेको थियो। 

त्यस क्रममा गोदमममा भण्डारण गरी राखिएको अवस्थामा नक्कली मोबिल एक हजार ५० लिटर, ब्रेक आयल ४५ डिब्बा, ब्याट्रीको पानी २ ग्यालेन र डिस्टिल वाटर १० लिटर बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए। 

पक्राउ परेका सञ्चालकद्वय अली र कौशललाई मंगलबार पर्सा जिल्ला अदालतमा पेश गरी उनीहरू विरुद्ध कालोबजारी अन्तर्गतको कसूरमा ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको गिरीले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.