मोरङमा लागूऔषधसहित ३ जना पक्राउ

मोरङमा लागूऔषधसहित ३ जना पक्राउ

विराटनगर :मोरङको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । 

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा गौरादह नगरपालिका–९ का ३१ वर्षीय सविन खड्का,सुन्दरहरैंचा नगरपालिका–१० का ३७ वर्षीय आशिष लामिछाने र धनकुटाको चौबिसे गाउँपालिका–६ का २८ वर्षीय आशिष लिम्बू रहेका छन् ।

झापाको गौरादह घर भएका खडका मङ्गलबार दिउँसो करिब ३ बजे विराटनगर–१६ स्थित दक्षिण गेटबाट पक्राउ परेका हुन् । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट प्रहरीले प्रतिबन्धित औषधि बरामद गरेको छ । 

खड्काको साथबाट ४/४ एम्पुलको मात्रामा लुपिजेसिक,ऐभिल,फेनारागन र डाइजोपाम बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।
यसैगरी मोरङको सुन्दरहरैँचा घर भएका लामिछाने र धनकुटाको चौबिसे घर भएका लिम्बू भने विराटनगर–१५ बाट पक्राउ परेका हुन् । 

भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०४६ प ३९७५ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा लागूऔषध फेला परेपछि चालक लामिछाने र सवार लिम्बू दुवैलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरुको साथबाट १०० मिलिलिटरको डायलेक्स डीसीको बोतल बरामद गरिएको छ । पक्राउ परेका उनीहरुमाथि लागूऔषध ओसारपसारको कसुरमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.