तस्करीको मुख्यद्वार सीमा क्षेत्र

तस्करीको मुख्यद्वार सीमा क्षेत्र

भैरहवा : नेपाल–भारत खुला सिमानाबाट पटक–पटक अवैध रूपमा अन्तःशुल्क स्टिकर भित्रने गरेको सुरक्षा निकायको तथ्यांकले देखाउँछ। प्रत्येक वर्ष रूपन्देहीको बेलहिया नाकाबाट सशस्त्र प्रहरीले नक्कली स्टिकर बरामत गरिरहेको भेटिन्छ। तर, यो क्रम अझै रोकिएको छैन। २०७४ देखि ७८ सालका विभिन्न समयमा ठूलो परिमाणमा यो क्षेत्रबाट अबै आयात भइरहेको अन्तःशुल्क स्टिकर र तस्करीमा संलग्नलाई प्रहरी नियन्त्रणमा 

लिएको छ। 

०७८ मा रूपन्देहीको बेलहिया नाकाबाट मदिरामा लगाइने २ लाख ४० थान नक्कली स्टिकर सशस्त्रले बरामद गरेको थियो। बरामद उक्त स्टिकरबाट आयकर १० लाख, भ्याट ३१ लाख ६३ हजार र अन्तःशुल्क १ करोड ९४ लाख गरी कुल २ करोड ३५ लाख ६३ हजार रुपैयाँबराबरको राजस्व छली हुन सक्ने प्रारम्भिक अनुसन्धानमा पाइएको थियो।

यस्तै ०७४ चैत ७ गते जिल्ला प्रहरी कार्यालय रूपन्देहीले बेलहिया नाकाबाट अवैध रूपमा भित्र्याइएको ३ लाख ९९ हजार ८ सय ४० थान ५० युपीको १८० एमएलको ‘आन्तिरक राजस्व विभाग लिक्वेयर’ लेखिएको अन्त शुल्कका नक्कली स्टिकर बरामद गर्‍यो। यी स्टिकर प्रयोग भएको अवस्थामा करोडौं रुपैयाँ राजस्व छली हुन्थ्यो। प्रहरीले घटनामा संग्लन भएको आरोपमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका १ का ४२ वर्षीय विनोद सिंह, धनुषाको मिथिला नपा–८ का कामेश्वर महतो र भवानीप्रसाद उप्रेती र भारत नौतनवाका ३२ वर्षीय मेल्मुद्दगद्दी मुसलमान, महाराजगन्जका १८ वर्षीय समसुद्दीन मुसलमानलाई पक्राउ गर्‍यो।

यी प्रहरीले सूचनाका आधारमा रूपन्देहीमा अन्तःशुल्कका नक्कली स्टिकर बरामद गरेपछि सार्वजनिक भएका घटनाहरू मात्र हुन्। खुला सीमाका कारण भारतबाट अन्तःशुल्कका नक्कली स्टिकर सहजै भित्रिने गरेका छन्। सीमाबाट भित्रिने नक्कली स्टिकर सानादेखि ठूला उद्योगले प्रयोग गर्ने गरेका छन्। रूपन्देहीमा विशेष गरी मदिरामा अन्तःशुल्कका नक्कली स्टिकर र बिना स्टिकरको बिक्री वितरण हुने गर्छ। 

रूपन्देहीको मर्चवार, लुम्बिनी र धकधई सीमा क्षेत्रमा रहेका ससाना मदिरा पसलहरूमा अन्तःशुल्कका नक्कली स्टिकर र स्टिकर नै नलगाइएको मदिरा बिक्री वितरण हुने गरेको पाइन्छ। सीमाको दशगजासँगै टाँसिएर थुपै मदिरा पसलहरू सञ्चालनमा छन्। भारतमा खुला रूपमा मदिरा नपाइने भएकाले दशगजासँगै टाँसिएर नेपाली भूमिमा सञ्चालनमा रहेको पसलमा भारतीय नागरिकहरू आएर मदिरा सेवन गर्ने गरेको र त्यहीबाट भारतमा मदिराको समेत तस्करी गर्ने गरेको पाइन्छ। 

‘सीमापारीबाट अन्तःशुल्कका नक्कली स्टिकरहरू आउँछन् भन्ने सुनेका छौं’, आन्तिरक राजस्व कार्यालय भैरहवाका प्रमुख शान्तिराम निरौलाले भने, ‘अनुगमनको क्रममा हामीले अहिलेसम्म त्यस्तो फेला पारेका छैनौं, फेला परे कडा कारबाही गर्छाैँ।’  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.