सुकुम्बासीले पालेका भैंसी तस्करीको भन्दै प्रहरीले बिक्री गरिदिएपछि...

प्रहरीले वीरगन्ज भन्सारका कर्मचारीमार्फत १ लाख २० हजार रुपैयाँमा लिलाम गरेका भैंसीहरु ठेकेदारले कबोल गरि लगिसकेका छन् ।प्रहरीले भारतबाट तस्करी गरि ल्याएका भैंसी नियन्त्रणमा लिएको बताए पनि स्थानीयले भने दलितहरुले पालेको भैंसी प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर लिलाम गरेको दाबी गरेका छन् ।

सुकुम्बासीले पालेका भैंसी तस्करीको भन्दै प्रहरीले बिक्री गरिदिएपछि...

वीरगन्ज :पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर १ शान्तिटोल सुकुम्बासीले पालेको भैंसी भारतबाट तस्करी गरि ल्याएको भन्दै प्रहरीले लिलाम गरेको छ ।  शान्तिटोल दलितले पालेको १२ वटा भैंसी गत मंगलबार गाउँ नजिकको जंगलमा चराउन लगेका बेला हराएका थिए । जंगलमा हराएका भैंसी त्यहि राति छिमेकको हरैया र सखुवनीया फेला परेपछि प्रहरीले तस्करीको भन्दै नियन्त्रणमा लिएर बुधबार साँझ जरबजस्ती लिलाम गरेपछि भैंसी पालक किसान र स्थानीयले प्रतिवाद गरेका थिए । त्यसक्रममा शान्तिनगरका स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो ।

झडपका क्रममा प्रहरी चौकी हरैयामा हुलहुज्जत र ढुंगामुढा गरेको भन्दै प्रहरीले ७ जना स्थानीयलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेको छ । पक्राउ पर्नेहरुमा शान्तिटोलका दील बहादुर श्रेष्ठ ,तिलक श्रेष्ठ ,अशोक साह ,सुमन साह कलवार ,बिहारी दास ,राजेन्द्र पासवान र सोहन पासवान रहेका छन् ।
 

प्रहरीले वीरगन्ज भन्सारका कर्मचारीमार्फत १ लाख २० हजार रुपैयाँमा लिलाम गरेका भैंसीहरु ठेकेदारले कबोल गरि लगिसकेका छन् ।प्रहरीले भारतबाट तस्करी गरि ल्याएका भैंसी नियन्त्रणमा लिएको बताए पनि स्थानीयले भने दलितहरुले पालेको भैंसी प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर लिलाम गरेको दाबी गरेका छन् ।

जंगलमा चराउन लगेका १२ वटा भैंसीमध्ये ९ वटा भैंसी मंगलबार राति छिमेकको हरैया गाउँको १६ बिगाहाको खेतमा र ३ वटा भैंसी सखुवनीया गाउँमा भेटिएका थिए । त्यसपछि प्रहरी चौकी हरैयाका प्रहरीले ती भैंसी तस्करीको भनेर नियन्त्रणमा लिएर प्रहरी चौकीमा बुधबार लगेर राखेका थिए ।

शान्तिटोलका भूमीहिन दलितले अधीयाँमा लिएर पालेका भैंसी जंगलमा चराउन लगेका बेला हराएको र पछि छिमेकको गाउँमा फेला परेपछि प्रहरीले तस्करीको भनेर पक्राउ गरि लिलाम गरेको शान्तिटोलका स्थानीय रामप्रवेश साहले बताए । 

साहका अनुसार ,रामनाथ पासवानका २,जोगिन्दर पासवानका ३,रामा पासवानका ३ ,धर्मराज पासवानका १, गोविन्द पासवानका १ र बन्धु पासवानका २ वटा गरि कूल १२ वटा भैंसी प्रहरीले पक्राउ गरि लिलाम गरेको हो । 

साहका अनुसार , जंगलमा चराउन लगेका १२ वटा भैंसीमध्ये ९ वटा भैंसी मंगलबार राति छिमेकको हरैया गाउँको १६ बिगाहाको खेतमा र ३ वटा भैंसी सखुवनीया गाउँमा भेटिएका थिए । त्यसपछि प्रहरी चौकी हरैयाका प्रहरीले ती भैंसी तस्करीको भनेर नियन्त्रणमा लिएर प्रहरी चौकीमा बुधबार लगेर राखेका थिए ।

भैंसी धनीहरुले प्रहरीले नियन्त्रणमा लिएका भैंसी आफ्नो भनेर माग्न् प्रहरी चौकी जाँदा प्रहरीले भन्सारका कर्मचारी बोलाएर लिलाम गर्न थालेपछि स्थानीयले प्रतिवाद गरेका थिए । स्थानीयले लिलाम प्रक्रियामा अवरोध गर्न खोजेपछि प्रहरी चौकी हरैयामा बुधबार राति १० बजे सम्म तनाव भएको थियो  । प्रहरीले जबरजस्ती लिलाम गरेपछि रोक्न खोज्दा आफूहरु माथि लाठी चार्ज पनि गरेको साहले बताए ।

सदरमुकाम वीरगन्जबाट थप प्रहरी बोलाएर भैंसीहरु गाडीमा राखेर लिलाम सकारेका ठेकेरदारको जिम्मा लगाएर वीरगन्ज पठाएको साहले बताए ।  साहले लिलामी प्रक्रियाको मुचुल्कमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षकले स्थानीयलाई जबरजस्ती हस्ताक्षर गर्न लगाएको पनि बताए । 

प्रहरीको ज्यादतीबारे प्रदेशसभा सदस्य शंकर चौधरी ,गाउँपालिका अध्यक्ष अनोज चौरसियासहितको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर ध्यानाकर्षण गराउने तयारी भइरहेको चौरसियाले जानकारी दिए । 

गाउँकार्यपालिका सदस्य सरोज चौरसियाले प्रहरीले जनतामाथि ज्यादती गरेको आरोप लगाए । दलितले आफ्नो जिविकोपार्जनका लागि पालेको भैंसी प्रहरीले तस्करीको भनेर पक्राउ गरी लिलाम गरेको उनले बताए । उनले भने ,‘त्यहाका वडाअध्यक्ष दारा सिंह राउत आफै प्रहरी चौकीमा गएर भैंसीहरु तस्करी नभइ दलितले पालेका भैंसी हुन् भनेर जमानी बस्न तयार हुदाँ पनि प्रहरीले सुनेन ,उल्टै लाठी चार्ज गरेर भैंसी लिलाम गरायो,'यो घोर ज्यादती हो । 

प्रहरीको ज्यादतीबारे प्रदेशसभा सदस्य शंकर चौधरी ,गाउँपालिका अध्यक्ष अनोज चौरसियासहितको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर ध्यानाकर्षण गराउने तयारी भइरहेको चौरसियाले जानकारी दिए । पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले भने व्यापारीले तस्करी गरि भारतबाट ल्याएका भैंसी प्रहरीले नियन्त्रणमा लिएको दावी गरे। उनले तस्करीको भैंसी नियन्त्रण गरेर  वीरगन्ज भन्सारका कर्मचारी प्रहरी चौकी हरैयामै बोलाएर जिम्मा लगाएको र कर्मचारीले लिलाम गरेको बताए । 

गिरिले भने ,‘गाउँलेले आफूले पालेको भैंसी भनेका थिए। तर, ती भैंसी गाउँलेले पालेको नभइ तस्करी गरि भारतबाट ल्याएको पाइएपछि लिलाम गरेका हौं ।  प्रहरी चौकीमा हुलहुज्जत गर्ने ७ जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर आवश्यक सोधपुछ गरिरहेको पनि गिरिले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.