साढे ५ करोडको लागतमा नगरसभा गृह बन्दै

साढे ५ करोडको लागतमा नगरसभा गृह बन्दै

वीरगन्ज : बाराको कलैयामा साढे पाँच करोड रुपैयाँको लागतमा सुविधासम्पन्न नगरसभा गृह निर्माण गर्न थालिएको छ।

कलैया उपमहानगरपालिकाले वडा नम्बर १ पन्नाबागमा रामजानकी मन्दिरले उपलब्ध गराएको १३ कठ्ठा जग्गामा नगरसभा निर्माण गर्न थालेको हो। 

राष्ट्रिय योजना आयोगको समपुरक बजेटबाट ५ करोड ६० लाख ९५ हजार ३८८ लाख रुपैयाँको लागतमा निर्माण गर्न थालिएको नगरसभा गृहको बिहीबार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शिलान्यास गरेका छन्।

नगरसभा गृह निर्माण कार्यको ठेक्का रौतहटको साहु कन्ट्रक्शनले सकारेको छ। माघ १० मा गरिएको ठेक्का सम्झौतामा निर्माण कार्य आगामी जेठ मसान्तसम्म सक्नुपर्ने उल्लेख छ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेस प्रदेशमा भ्रष्टाचार नियन्त्रण प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताए। मुख्यमन्त्री यादवले भ्रष्टाचार नियन्त्रणमा प्रदेश सरकार कठोर बन्ने पनि बताए।

उनले भने 'मधेस प्रदेश भ्रष्टाचारका कारण अघि बढ्न नसकेको जनगुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको छ, हामीले मधेसमा सरकारी काम, विकास निर्माण र जनताका काममा हुने गरेका ढिलासुस्तीको अन्त्य चाहेका छौं, यस्ता समस्याको अनुगमन गर्न पाँच सदस्य कमिटी बनाइ सकेका छौं, उक्त  कमिटिले अनुसन्धानको काम गर्ने छ, दोषी पाइएका भ्रष्ट कर्मचारीलाई कडा कारबाही गरिनेछ।'

मुख्यमन्त्री यादवले विकास निर्माणमा हुने ढिलासुस्तीका समस्या  समाधान गर्न खरिद ऐनमै सुधारको प्रक्रिया अघि बढाई सकेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.