जयनगरमा फर्निचर मेला

जयनगरमा फर्निचर मेला

रौतहट: मधेस प्रदेशकै ठूलो काठको फर्निचर मेला जयनगरमा सुरु भएको छ।

हरेक वर्ष श्रीपञ्चमीदेखि गरुडा नगरपालिका १ जयनगरमा काठबाट बन्ने विभिन्न फर्निचरहरुको प्रदर्शनी र मेला लाग्दै आएको छ।

एक महिना लाग्ने मेला तथा प्रदर्शनिमा पलङ, खाट, कुर्सी र दराज, झ्याल, ढोकालगायतका विभिन्न फर्निचरका सामग्री बिक्री गर्न राखिएको छ। हरेक वर्ष फर्निचर मेलामा व्यापारी थपिने गरेको र फर्निचर मेलाले गाउँको मान बढाएको वडाअध्यक्ष शेख ओहावले बताए।

श्रीपञ्चमीदेखि एक महिनाभन्दा बढी जयनगरमा फर्निचर मेला लाग्ने गरेको वडाध्यक्ष शेख ओहावको भनाइ छ। मेलामा फर्निचर सस्तो पाइने भएको धेरै ठाउँका ग्राहक तथा व्यापारी पुग्ने गरेका छन्। जयनगरमा लाग्ने फर्निचर मेलाबाट काठमाडौं, जनकपुर, पोखरा, चितवन, वीरगञ्जका साथै रौतहट र बाराका विभिन्न बजारबाट व्यापारी आउने गरेका छन्।
 
मेलामा १० करोड बराबरको कारोवार हुने अनुमान गरिएको फर्निचर मेला आयोजक समितिले जनाएको छ। फर्निचर मेलामा मानिसको चहलपहल बढ्दै गएको छ। मेलाबाट थोकमा किनेर अन्यन्त्र जिल्लामा खुद्रा बिक्री गर्न लैजाने व्यापारी फर्निचर छानिरहेका छन्। जयनगरमा श्रीपञ्चमीको अवसरमा फर्निचर तथा फलामे सामानको मेला तथा प्रर्दशनी हुने गरेको छ।

५० वर्षभन्दा अघिदेखि रौतहटको शिवनगरमा लाग्दै आएको मेला २०६४ सालबाट जयनगर चौकमा लाग्न थालेको हो। मेलामा फलामका कृषि औजार बनाएर बिक्री गर्नका लागी भारतको पटना तथा राजस्थानबाट पनि व्यापारी आउने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.