सेफहाउस प्रयोगबिहीन

सेफहाउस प्रयोगबिहीन

रामेछाप : जिल्लाको मन्थली नगरपालिका-२ आकाशेमा निर्माण गरिएको अल्पकालीन सेवा केन्द्र (सेफहाउस) प्रयोगबिहीन भएको छ। 

हिंसा प्रभावित महिला तथा बालबालिका संरक्षणका लागि निर्माण गरिएको अल्पकालीन सेवा केन्द्र २ वर्षदेखि अलपत्र परेको हो। 

हिंसा प्रभावित महिला तथा बालबालिका संरक्षणका लागि रामेछापको मन्थली नगरपालिका–२ आकाशेमा निर्माण गरिएको सेफहाउस प्रयोगबिहीन भएको हुँदा त्यहाँबाट प्रवाह हुने सेवा समेत सञ्चालन हुन सकेको छैन। 

सामाजिक विकास मन्त्रालयअन्तर्गत सार्वजनिक सेवा इकाई धुलिखेलको ७० लाख र ७ लाख रुपैयाँ स्थानीयको श्रमदान गरी ७७ लाखमा निर्माण गरिएको भवन नगरपालिकाले चासो नदेखाउँदा अलपत्र परेको हो। 

प्रयोगमा नआउँदै भवनको पेटी चिराचिरा परेको छ भने झ्याल ढोकासमेत भत्किन लागिसकेको छ। सेफहाउन तत्कालै सञ्चालनमा ल्याउनु पर्ने स्थानीयको माग छ। 

सेफहाउसको भवन बने पनि मन्थली नगरपालिकाले घर भाडामा लिएर सेवा सञ्चालन गरेकाले आफ्नै घरबाट सेवा प्रवाह गर्नुपर्ने नागरिक अगुवा बिरेन्द्र श्रेष्ठको भनाइ छ। 

मन्थली नगरपालिकाले कृषि ज्ञानकेन्द्र रामेछापको गोदाम घरको छिडिमामा सेफहाउस सञ्चालन गर्दै आएको छ। 

गोदाम घरमा सेफहाउस सञ्चालन गर्नुपर्दा ठाउँको अभाव साथै असहज भएको सेफहाउसका व्यवस्थापक सम्झना श्रेष्ठले गुनासो गरे। 

भवन निर्माण उपभोक्ता समितिले वडा कार्यालयलाई भवन जिम्मा लगाए पनि सेफहाउस सञ्चालन हुन नसकेको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.