१४ वटा विद्यालयलाई सामग्री सहयोग
वीरगन्ज : रुङ्गटा वेलफेयर सोसाइटीले पर्सा र बाराका १४ वटा सामुदायिक विद्यालयलाई विभिन्न सामग्री सहयोग स्वरूप प्रदान गरेको छ।
सोसाइटीले विद्यालयलाई ९५ थान विद्युतीय पंखा, ६३५ थान स्कुल ब्याग र १ हजार ४ सय थान कापी प्रदान गरेको हो।
पूर्व वनमन्त्री एवं प्रतिनिधि सभा सदस्य प्रदीप यादवले संस्थाका तर्फबाट विद्यालयका प्रतिनिधिहरूलाई सामग्री हस्तान्तरण गरे।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री यादवले स्थापनाकाल देखि नै परोपकारी काम गर्दै मुलुकमा एउटा छुट्टै पहिचान बनाउन सफल सोसाइटीको सिको अरू संघसंस्थाले पनि गर्नुपर्नेमा जोड दिए।