साहित्य कला प्रतिष्ठानको अध्यक्षमा डाक्टर कैलाश

साहित्य कला प्रतिष्ठानको अध्यक्षमा डाक्टर कैलाश

उदयपुर : साहित्य विद्यामा गला र कलम चलाउनेहरूलाई लक्षित गरी ‘उदयपुर साहित्यकला प्रतिष्ठान’ गठन गरिएको छ। 

साहित्यमा रुचि राख्ने व्यक्ति र सर्जकहरूको जमघट, कला प्रर्दशन तथा संरक्षण गर्ने उद्देश्यले त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रमुख डा. कैलाश राईको अध्यक्षतामा प्रतिष्ठान खोलिएको हो। 

साहित्यिक प्रतिष्ठानको उद्घाटन गर्दै भाषा आयोगका सदस्य तथा प्राज्ञ मातृकाप्रसाद पोखरेलले संस्था स्थापनाभन्दा पनि त्यसको दिगोपनका लागि सबैको साथ सहयोग आवश्यक रहेको बताए। 

संस्थाले गर्ने साहित्यिक गतिविधि नै महत्वपूर्ण भएकाले साहित्य कलाको संरक्षण, प्रर्वद्धन र उत्पादनमा जोड दिन उनले आग्रह गरे। 

उदयपुर निवासी पोखरेलले विगतलाई सम्झदै भने, ‘उदयपुरको साहित्यिक इतिहास लोकनाथ पोखरेलको लोकमञ्जरी नामक कविता सङ्ग्रहबाट सुरु भएको हो, त्यसलाई कायम राख्दै आगामी दिनमा उदयपुरको समस्त वाङ्मय क्षेत्रको इतिहास लेखिनु पर्छ।'

साहित्यकार हिमालय पौडेल, उद्धव घिमिरे, योग्यश्वर घिमिरे, खिला घिमिरे ‘बूइपाखिरी', अनिल घिमिरे, गोपाल कीर्ति, सुमित्रा पोखरेल, हर्कनारायण श्रेष्ठ, ऋषि राई, अरुण कोइमी ‘दोभान'ले आफ्नो साहित्यक कला प्रस्तुत गरेका थिए।

सोही अवसरमा चर्चित हास्य टेलिश्रृङ्खला ‘मेरी बास्सै'का कलाकार स्यालबूढाका उपनामले चिनिएका धर्मराज भट्टराईले हास्यकलासमेत प्रस्तुत गरेका थिए। 

संस्थाका अध्यक्ष डा. कैलाशकुमार राईले आगामी दिनमा साहित्यिक गतिविधि निरन्तर बढाउँदै लैजाने बताए। 

उनले उदयपुरको साहित्यिक कार्यक्रमलाई देशभरी चिनाउने गरी अभियानहरू सञ्चालन गर्ने बताए। उनले विकास भौतिक निर्माण मात्र नभई साहित्य, कलाको विकास पनि भएको बताए। 

महासचिव माधव पोखरेल ‘गोज्याङ्ग्रे’ले आगामी दिनमा त्रैमासिक पत्रिका प्रकाशन, जिल्लामा साहित्य र कलाका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरी बृहत् साहित्यिक महोत्सव गर्ने योजना अघि सारिएको बताए। 

जिल्ला प्रशासन कार्यालयमा १२२९ नम्बरमा दर्ता भएको उक्त संस्थालाई माघ ४ गते वैधानिकता दिइएको महासचिव माधव पोखरेलले बताए। 

प्रतिष्ठानको उपाध्यक्षमा बासुदेव उपाध्याय पोखरेल, सचिवमा सरिता पौडेल गुरागाईं, कोषाध्यक्षमा महेन्द्रकुमार राई रहेका छन्। 

जिल्लाका आठवटै स्थानीय तहबाट समेटी तयार गरिएको समितिको सदस्यहरूमा शारदाप्रसाद भट्टराई, उद्धव घिमिरे, नन्दलाल आचार्य, श्यामकर्ण राई, ऋषिकेश पोखरेल, सुमित्रा पोखरेल, हिमालय पौडेल, मुनाखत्री, चन्द्रनारायण चौधरी, फडिन्द्र विश्वकर्मा, पार्वती विश्वकर्मा, भीम खत्री घाँसे, ऋषि राई, गोपालकुमार हुमागाईं, गोपाल कीर्ति र अनिल घिमिरे रहेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.