माउन्टेन फ्लाइट भोलि

माउन्टेन फ्लाइट भोलि

नेपालगन्ज : कैलाश मानसरोवरको दूरदर्शन गर्न नेपालगन्जबाट पहिलो पटक माउन्टेन फ्लाइट हुने भएको छ। 

पश्चिम नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आइतबादेखि नेपालगन्ज आयोजना हुन लागेको वेस्टर्न ट्राभल मार्ट फेम ट्रिप वीथ सेल्स मिशनको अवसरमा ९ जना भारतीय पत्रकारसहित ३९ जना भारतीय ट्राभल एजेन्ट्स एशोसियसन अफ इन्डिया (टाइ)का पदाधिकारीलाई कैलाश मानसरोवरको दूरदर्शन गराउन लागिएको मार्ट संयोजक श्रीराम सिग्देलले बताए। बुद्ध एयरले ७२ सिटे जहाजमा झ्यालको सिटको मात्र टिकट काटेर सामान्यतः ३५ जनालाई राखेर माउन्टेन फ्लाइट गराउने गर्छ। 

मार्टको तयारीबारे जानकारी दिन शनिबार नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मार्ट आयोजक समितिका संयोजक तथा नाट्टा बाँके च्याप्टरका अध्यक्ष सिग्देलले आगामी माघ १६ गते पहिलो उडान भएसँगै क्रमशः दोस्रो, तेस्रो हुँदै नियमित उडान हुने आशा व्यक्त गरे। 

नाट्टा बाँकेले बुद्ध एयरसँग माउन्टेन फ्लाइटका लागि सम्झौता गरिसकेको छ। नेपालगन्जबाट हुने पहिलो उडानबाट प्राविधिक विषयमा अध्ययन गर्न मद्दत मिल्ने बुद्ध एयरका नेपालगन्ज स्टेशन प्रमुख विनित शाहले बताए। उनले मुगुको राराताल, हुम्ला लिमी उपत्यका हुँदै नेपाली आकासबाट कैलाश मानसरोवरको अवलोकन गराइने बताए। अहिले नै कति रुपैयाँ र कति समयको उडान हुनेछ भन्ने विषयमा निक्र्यौल भइसकेको बताए। माउन्टेन फ्लाइट गर्दा सुर्खेतको वीरेन्द्रनगर र कैलालीको धनगढी विमानस्थल वैकल्पिक विमानस्थल हुनेछन्। 

मानसरोवरको माउन्टेन फ्लाइटबाट पर्यटन व्यवसायी उत्साही भएका छन्। हान बाँकेका अध्यक्ष दिवाकर खनालले कैलाश मानसरोवरको उडानले पश्चिम नेपालमा भारतीय पर्यटक बढ्ने दाबी गरे। नेपाल आउने भारतीयलाई गोरखपुर र रक्सौल नाकाबारे मात्र थाहा भएको बताउँदै अध्यक्ष खनालले भारतीयलाई नेपाल आउने छोटो र सस्तो रुटको रुटबारे जानकारी हुने बताउँछन्। 

नेपालगन्जमा आइतबारदेखि तीन दिन (माघ १५–१७)सम्म आयोजना हुने मार्टमा ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डियाबाट कार्यकारी निकायसमेत ७५ जना र नेपालको सीमावर्ती सहर र राज्यका थप ४० जना टुर अपरेटर र आन्तरिक पर्यटन व्यवसायीहरू करिब ३०० जनाको सहभागितामा मार्ट हुँदै छ। मार्टमा काठमाडौं उपत्यका लगायत सातै प्रदेशका पर्यटन व्यवसायीहरूको ठूलो भेला तथा सम्मेलन भइ स्थानीय संस्कृति, टूर प्याकेज र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा पर्यटक आकर्षण गर्नेे मुख्य उद्देश्यका साथ यो मार्ट सञ्चालन गर्न लागिएको हो।

भारतीय टुर अपरेटरका लागि मानसरोवरको माउन्टेन फ्लाइटका साथै बागेश्वरी मन्दिरमा दर्शन, कर्णाली चिसापानीमा र्‍याफ्टिङ, बाँके र बर्दिया निकुञ्जमा जंगल सफारी, क्यासिनोको अवलोकन गराउने कार्यक्रम रहेको छ। मार्टमा ६० वटा स्टल राखिनेछन्। जहाँ अल्लोलाई प्रबद्र्धन गरिनेछ। सल्यानको खुकुरी पनि स्टलमा राखिनेछ। भारतीय पाहुनालाई ढाका टोपी लगाएर स्वागत गरिँदैछ। 

बागेश्वरीमा महाआरती हुँदै 

बागेश्वरी मन्दिर नेपालगन्जमा आइतबार साँझ पहिलोपटक महाआरती हुने भएको छ। भारतीय पर्यटकहरूको सहभागितामा अपरान्ह ५:३० बजे महाआरती हुन लागेको मार्ट आयोजक समितिका संयोजक सिग्देलले बताए। महाआरती गर्न नेपालगन्ज उपमहानगरपालिका र बागेश्वरी गुठी व्यवस्थापन समितिले सहकार्य गरेका छन्। 

आइतबार शुभारम्भ भएपछि हप्तामा एकदिन महाआरती हुनेछ। बागेश्वरीमा सन्ध्या आरतीको परम्परा अन्य स्थान भन्दा बेग्लै छ। जहाँ मन्दिरका सबै ढोका बन्द गरेर महन्तले मात्र झन्डै एक घण्टा आरती गर्ने चलन छ। अब काठमाडौंको पशुपतिनाथको मन्दिर, भारतको हरिद्ववारको गंगा आरती जस्तै बागेश्वरी मन्दिरमा पनि भक्तजनहरूको सहभागितामा महाआरती हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.