झापामा दुईवटा ट्रक ठोक्किँदा चालक र सहचालकको मृत्यु

झापामा दुईवटा ट्रक ठोक्किँदा चालक र सहचालकको मृत्यु

झापा : झापामा दुईवटा ट्रक ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ना ३ ख ८३११ नम्बरका चालक सुनसरी जिल्ला रामधुनी नगरपालिका-७ का ४५ वर्षीय मदन चौधरी र सोही ट्रकका सहचालक रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । 

मृतक सहचालकको पहिचान भने खुलेको छैन । पूर्वपश्चिम राजमार्गअन्तरगत शिवसताक्षी नगरपालिका–१ धरमपुरमा शुक्रबार बिहान पश्चिमबाट पूर्व आउँदै गरेको ना ६ ख ८८९५ नम्बरको ट्रकलाई ना ३ ख ८३११ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।

चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.