मधेसमा ३.६६ अर्ब मात्र खर्च

मधेसमा ३.६६ अर्ब मात्र खर्च

जनकपुरधाम  : चालू आर्थिक वर्ष २०७९/०८० को ६ महिनामा मधेस प्रदेश सरकारको विकास खर्च निराशाजनक देखिएको छ। मधेस सरकारले चालू आवको ६ महिनामा (साउनदेखि पुस) सम्ममा विकास बजेटको ३ अर्ब ६६ करोड ९५ लाख ६५ हजार ६ सय ७० रुपैयाँ मात्र खर्च गर्न सकेको छ। ४३ अर्ब २१ करोड १३ लाख ८० हजार ३ सय २९ रुपैयाँ मौज्दात छ। यो कुल बजेटको ८.९५ प्रतिशतमात्र खर्च हो। 

जिल्लागत खर्च 

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले मधेस प्रदेश सरकारले ६ महिनामा चालू र पुँजीगतमा धनुषा जिल्लामा १ अर्ब ५९ करोड ३८ लाख ९८ हजार ५ सय ५१ खर्च भएको छ भने २५ अर्ब ५३ करोड ८३ लाख ५५ हजार ४ सय ४९ मौज्दात छ।सप्तरीमा २७ करोड ३० लाख ८६ हजार ३ सय ४६ खर्च भएको छ, भने २ अर्ब ३६ करोड ३ लाख ५७ हजार ४ सय ८८ मौज्दात छ। सिरहामा २१ करोड ६६ लाख ६८ हजार ५ सय ४३ खर्च भएको छ भने ४ अर्ब ७५ करोड ७४ लाख १४ हजार ९ सय ८० मौज्दात छ। 

महोत्तरीमा १९ करोड ३९ लाख ६६ हजार ८ सय ४४ खर्च भएको छ भने, १ अर्ब ४० करोड ९१ लाख ८४ हजार ३४ मौज्दात छ। सर्लाही ३८ करोड ९२ लाख ३३ हजार ५ सय ३४ बजेट खर्च भएको छ भने, १ अर्ब ९६ करोड ७८ लाख ६३ हजार २ सय ४ मौज्दात छ। रौतहटमा २६ करोड १ लाख ४६ हजार ५ सय ३५ बजेट हुँदा २ अर्ब १८ करोड ४२ लाख ८० हजार २ सय ८१ मौज्दात छ। बारामा ३० करोड १४ लाख ५१ हजार ३ सय ८२ खर्च हुँदा १ अर्ब ३६ करोड ८८ लाख ७५ हजार ४ सय ६८ मौज्दात छ। त्यस्तै पर्सामा ४४ करोड ११ लाख १३ हजार ९ सय ३३ रुपैयाँ खर्च हुँदा ३ अर्ब ६२ करोड ५० लाख ४९ हजार ४ सय २४ अझै मौज्दात छ।

मन्त्रालयगत खर्च

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ६ करोड ३ लाख १४ हजार २ सय ६३ बजेट खर्च गरेको छ, भने १ अर्ब ४२ करोड ८५ लाख ७६ हजार ७ सय ३७ मौज्दात छ। अर्थ मन्त्रालयले ३ करोड ३७ लाख ३१ हजार ३३ खर्च गर्दा २१ करोड ५३ लाख १३ हजार ९ सय ६७ अझै मौज्दात छ। उद्योग, पर्यटन तथा वन मन्त्रालयले ३८ करोड ३६ लाख ४२ हजार ५ सय ५९ बजेट खर्च गर्दा ४ अर्ब ४७ करोड २८ लाख १७ हजार ५ सय ४१ मौज्दात छ। कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयले १ करोड ४ लाख २३ हजार १ सय ९९ खर्च गर्दा ४ करोड २९ लाख ४ हजार ८ सय १ मौज्दात छ। 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १३ करोड ४२ लाख ९४ हजार ९ सय ४० खर्च गर्दा २ अर्ब ६० करोड ८२ लाख ५ हजार ६० मौज्दात छ। त्यस्तै, खानेपानी तथा ऊर्जा विकास मन्त्रालयले २५ करोड ८२ लाख ९४ हजार ५ सय ५८ खर्च गरेकोमा १ अर्ब ४३ करोड ३ लाख ७६ हजार ४ सय ४२ मौज्दात छ। गृह तथा सञ्चार मन्त्रालयले ५ करोड १८ लाख ८२ हजार २ सय ८२ खर्च गर्दा ५९ करोड १४ लाख ३७ हजार ७ सय १८ मौज्दात छ।  मन्त्री नै नरहेको वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयले हालसम्म २८ लाख ६८ हजार १ सय ४८ खर्च गरेको छ भने २ करोड ३१ लाख ४५ हजार ८ सय १२ मौज्दात छ। 

त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयले चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा १ अर्ब १ करोड २ लाख ३४ हजार ५ सय ५३ खर्च गरेको छ। १७ अर्ब २१ करोड ४८ लाख २९ हजार ४ सय ४७ मौज्दात छ।  महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले २ करोड ९६ लाख ३३ हजार २३ खर्च गरेको छ। ५९ करोड २ लाख २३ हजार ९ सय ७७ मौजदात छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.