घरायसी विवादमा छोराले गरे बाबुको हत्या

रौतहट : चन्द्रपुरमा छोराले बाबुको हत्या गरेका छन् । घरायसी विवादमा चन्द्रपुर नगरपालिका –६ का ३२ वर्षीय प्रकाश राईले बिहीबार राति बुबाको हत्या गरेका प्रहरीले जनाएको छ ।
राईले दाउराको चिर्पटले टाउकोमा प्रहार गरेर ५५ वर्षीय बुबा निरकुमार राइको हत्या गरेको प्रहरीले जनाएको छ । बाबुको हत्या गरेको आरोपमा राईलाई राति नै प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको डीएसपी सन्तुप्रसाद जयसवारले जानकारी दिए।
बाबु र छोराबीच राति विवाद हुँदा छोरा प्रकाशले दाउराको चिर्पटले हानेका थिए ।
घाइते निरकुमारलाई तत्काल उपचारका लागि चन्द्रपुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले प्रकाशलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
