बिक्री नभएपछि तरकारी सडकमा,किसान आन्दोलित
चितवन :बिक्री नभएपछि किसानले सडकमा तरकारी फालेका छन् । उत्पादनले बजार नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेका हुन्।
नारायणघाटको पुल्चोकमा तरकारी फालेर उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । बारीमै कुहिने अवस्थामा पुग्दा पनि बजारीकरणको लागि सरकारले कुनै पहल नगरेको उनीहरूको आरोप छ।
भारतीय उत्पादनका आफूहरू मार परेको उनीहरूले गुनासो गरे । भरतपुर महानगर १६ कि किसान धनु् अधिकारीले भारतको तरकारी भित्र्याएर सरकारले आफूमाथि अन्याय गरेको आरोप लगाइन । आफूहरूको समस्यामा सरकार मुकदर्शक भएको बताउँदै तराकारी फालेर विरोध गरेको बताइन् ।
पुल्चोकमा गोलभेडा,काउली,बन्दा ,फर्सी ,सिमी ,गाँजरलगायत तरकारी फालेर विरोध गरेका थिए । सडकमा तरकारी फालेपछि केहीबेर सडक अवरुद्ध भएको थियो ।