मधेसमा मन्त्रालय भागबन्डामा लफडा
जनकपुरधाम : मधेस प्रदेशको मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणको सम्पूर्ण तयारी पूरा गरिएको छ।
लामो रस्साकस्सीपछि मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीमण्डललाइ पूर्णता दिने तयारी गरेका छ्न्।
एमाले, जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रबाट मन्त्री बन्नेहरूको सूची समेत तयारी पारिसकेका छ्न्।
यद्यपि, मन्त्रालयको भागबन्डामा दलहरूबीच अझै सहमति भने हुन सकेको छैन। कतिपय दलहरू भित्रै मन्त्रालय भागबन्डाका विषयमा आन्तरिक विवाद रहेको छ।
शपथ ग्रहणका लागि ४ बजेकै समय दिए पनि मन्त्रालय भागबन्डा नमिल्दा शपथ ग्रहण समारोह ५ बज्नै लाग्दा समेत सुरु हुन सकेको छैन।