जसले भजन संगीतको स्वाद फेराए

जसले भजन संगीतको स्वाद फेराए

चितवन : पप र आधुनिक संगीतमा रमाएका युवा पुस्तालाई भजनमा आकर्षण गराउनेमध्येमा पर्छन् संगीतकार राजेन्द्र बजगाईं। ‘हरि बोल’ भजन नेपालको संगीत इतिहासमा करोड क्लब पार गर्ने पहिलो भजन मानिन्छ। युवा पुस्ताको माझ पनि उत्तिकै लोकप्रिय छ। परम्परागत शैलीलाई ताडेर संगीतकार राजेन्द्र बजगाईंले संगीत दिए। सबै उमेरसमूहले सर्वाधिक मन पाइएको भजन हो यो। नेपाली भजनलाई करोड  पुर्‍याउने  पहिलो संगीतकारका रूपमा चिनिन्छन् बजगाईं। 

त्यसपछि भजनमा रमाउने युवाहरूको जमात बढ्यो। गायक शशांक कँडेलको शब्दमा उनले संगीत दिएका थिए। ‘हाम्रो मौलिकता, संस्कारको संगीतलाई जोगाउन भजनमा पनि लागेको हुँ,’ उनले भने, ‘पुराना शैलीको भन्दा फरक स्वाद दिँदा भजनै नसुन्नेहरूले पनि भजनमा नाचेको पाएँ। यो देख्दा खुसी छु।’ 

बजगाईंले करिब सात वटामा कम्पोज गरे। सबै चर्चामा आए। जब जब, एकान्तमा बस्छु मत, बजाउ बाँसुरी, मेरो श्यामलगायतको भजनमा उनले संगीत दिएका छन्। बजगाईं पछिल्लो पुस्ताका व्यस्त कम्पोजर पनि हुन्। १५ वर्षको दौरानमा करिब आठ सय गीतमा कम्पोज गरेका छन् उनले। मुसुमुसु हाँसेर, ओ मेरो परान, जाला जोवनलगायत गीतले करोड भ्युज पार गरेको छ। यो देशको लागि म, झम्के झम्के साँझमा, झम्मक झम्मक, ट्राफिक जाम, टेन्डर, तिते करेला, चिनी अमिलो, मेरी डल्ली, पूर्वै चल्यो रेल, फूलको चोट, यो त जाली सहर हो प्रिया, झुमायो मायाले, मस्त जवानीलगायतमा गरेको संगीतले उनलाई मज्जाले चिनाएको छ। 

‘मस्तिष्कमै संगीत छ। योबिनाको जीवन कल्पनामै छैन,’ उनले भने, ‘सबैका माझ आफ्नो सिर्जना मन पराइएमात्रै संगीतमा केही कमाए झै लाग्छ।’ 

२०६४ मा कस्ले चोर्‍यो ओठको लाली उनले संगीत दिएको पहिलो गीत हो। डेढ दशकको संगीत यात्रामा संगीतकार  बजागाईंले परिचय फराकिलो बनाएका छन्। संगीतको बजारको प्रतिस्पर्धालाई उनले निखार्दै लगे। २०६४ सालबाट उनी संगीतकारको भूमिकामा देखा परेका हुन्। उनले गायन र संगीत संयोजनमा आफ्नो परिचय फराकिलो बनाउँदै लगेका छन्। 

१३ वर्षअघि संगीतमा भविष्य खोज्दै काठमाडौं छिरेका थिए। पहिलो संगीत सारेगमको तिलकसिं पेलासँग सिके। त्यसपछि गुरुदेव कामतसँग सिके। चण्डीप्रसाद काफ्लेसँग थप संगीतको अध्ययन गरे। ‘घरपरिवारमा माहोल नै संगीतमय भएका कारणले होला आफ्नो मन मस्तिष्कमा संगीतबाहेक केही पनि आएन’ उनले भने, ‘अहिले सबैले खोज्ने भएको छु। जुन माया पाए त्यही हो संगीतको कमाइ।’ 

नेपालका अधिकांश लोकप्रिय गायकगायिका, रचनाकारसँग उनले काम गरेका छन्। सानैदेखि नै सांगीतिक माहोलमा हुर्किएका बजगाईं फरकफरक शैलीको गीत राष्ट्रिय भाव, लोक, आधुनिक, पप, हिन्दी, मैथली गीतमा सबैले रुचाएका संगीतकार हुन्। आधुनिक, राष्ट्रिय, लोक, पप, मध्यम शास्त्रीय, बालगीत, भजन, चलचित्र गीत र रेडियो जिंगल तथा विज्ञापनलगायत विविध विधामा काम गर्छन्।

बजगाईंले नेपालीसहित हिन्दी, थारू तथा भोजपुरी भाषाका गीतहरूमा पनि संगीत भरेका छन्। उनका सफल अधिकांश गीतहरू फ्युजनमै रहेका छन्। संगीतमा लोक, आधुनिकपना तथा शास्त्रीयको मिश्रण एउटै गीतमा भएमा फ्युजन भनिने गरिन्छ। 

जुन विधामा राजेन्द्र बजगाईंले संगीतमा उत्कृष्ट उत्पादन गरिसकेका छन्। उनले कालिका म्युजिक अवार्ड, पिम नेपाल फिल्म फेस्टिबल २०७८, क्वालिटी अवार्ड २०७८, हिमालयन इन्टरनेसनल २०७८ हुँदै नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२२ प्राप्त गरेका छन्। उनी राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्ष पनि रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.