भन्सार छलेको गहुँ र चामल बरामद

भन्सार छलेको गहुँ र चामल बरामद

रौतहट : गौरको गल्ला भण्डारमा छापा मारेर शनिबार राति प्रहरीले ठूलो परिमाणमा भन्सार छलेको गहुँ बरामद गरेको छ।

गौर नगरपालिका-५ बरहवा पुल पारी लक्ष्मी गल्ला भण्डारमा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोलीले छापा मारेर भारतबाट भन्सार छलेर नेपाल भित्र्याएको गहुँ बरामद गरेको हो।

ना ६ ख ७६६१ नम्बरको ट्रकबाट ५० किलोका दरको ५ सय बोरा र ना २ ख ८७८१ नम्बरको ट्रकबाट १६८ बोरा गहुँसहित उनीहरूलाई नियन्त्रणमा लिइएको डीएसपी उमाशंकर यादवले बताए।

यसैगरी आइतबार दिउँसो गौर नगरपालिका-५ स्थित नन्दलाल चामल, चिउरा र भुजा उद्योगमा प्रहरीले छापा मारेर अवैध रूपमा नेपाल भित्र्याइएको चामल बरामद गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.