को हुन् मधेसमा माओवादीबाट बन्न लागेका मन्त्री ?

को हुन् मधेसमा माओवादीबाट बन्न लागेका मन्त्री ?
सुन्नुहोस्

जनकपुरधाम : नेकपा माओवादी केन्द्रले मधेस प्रदेश सुनिता यादव र रहबर अन्सारीलाई मन्त्री बनाउने भएको छ। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुनिता यादव मन्त्री र वैकल्पिक केन्द्रीय सदस्य रहबर अन्सारीलाई राज्य मन्त्री बनाउन लागेको हो।

मधेस प्रदेशमा माओवादी केन्द्रको भागमा परेको मन्त्रालय छोडेर अन्य नौ मन्त्रालयमा मन्त्रीको शपथ ग्रहण तथा पदभार ग्रहण भइसकेको छ। तर माओवादीको भागमा मन्त्रालयमा भागबण्डा नमिलेपछि तत्काललाई माओवादीको मन्त्रालय मुख्यमन्त्रीले राख्ने गरी माओवादीलाई सरकारमा सहभागि गराईएको थिएन्।

माओवादी केन्द्रको भागमा परेको उद्योग, पर्यटन तथा वन मन्त्रालयको मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई मन्त्री बनाउने निर्णय भएको बैठकमा सहभागी नेता तथा प्रदेश सदस्य उदयकुमार बरबरिया यादवले जानकारी दिए।

को हुन् सुनिता ?

सुनिता जनयुद्धकालीन सहिद रामवृक्ष यादव ‘मास्टर साहब’की कान्छी छोरी हुन्। रामवृक्षको माओवादी जनयुद्धकालमा सेनाले हत्या गरेको थियो। रामवृक्ष माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समकक्षीसमेत थिए।

साथै सुनिताको परिवारमा दाजु शेखर यादव तथा श्रीमान् डम्बर यादवले माओवादी जनयुद्धमा सहादत प्राप्त गरेको थियो। रामवृक्षको तीन छोरीमध्ये बोधमाया, कल्याणी र सुनिता हाल पनि माओवादीमा सक्रिय राजनीतिमा छन्।   

को हुन् अन्सारी ?

यसैगरी पर्सा क्षेत्र नं. १ (क) बाट विजयी रहबर अन्सारी नेकपा माओवादी केन्द्रबाट केन्द्रीय सदस्य हुन्। सामाजिक सञ्जालमा राजधानी जनकपुरधाम र वीरगञ्जसँगै जोडिएर आउने नाममा उनी पर्छन्। 

काठमाडौं महानगरपालिकाको निर्वाचनमा विजयी बालेन साह जस्तै अन्सारी सामाजिक सञ्जालमा सक्रिय युवा पुस्ताले अन्सारी मन पराउँछन्। उनी २०७० को संविधानसभा निर्वाचन र स्थानीय तहको निर्वाचनमा २०७४ र २०७९ निर्वाचनमा पराजय बेहोरेका थिए। 

तर प्रदेश प्रतिनिधिसभाको निर्वाचन २०७९ मा सत्तारूढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.