'वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी' सम्पन्न

'वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी' सम्पन्न
सुन्नुहोस्

काठमाडौं : वृज सिमेन्टले प्रायोजन गरेको १३‌‍‍‍‌‍‍‍‍औं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ। 

'दिगो विकास र समृद्ध नेपालको लागि प्रविधि' भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको प्रांगणमा माघ २० गतेबाट तीन दिने प्रदर्शनी भएको थियो। 

प्रतियोगितामा फोटोग्राफी, क्विज, ट्रेजर हण्ट, पेपर ब्रिज कम्पिटिसन, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, सर्भेइङ च्यालेन्ज, मोडल कम्पिटिसन, सेक टेबल कम्पिटिसन,पोएट्री कम्पिटिसन, ओलमपियाड गरी १२ विधामा विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो।

उक्त प्रर्दशनीमा ललितपुर महानगरपालिका मेयर चिरीबाबु मर्हजन,नेपाल इन्जिनियर्स एशोसिएसनका सदस्य लगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो। 

समापनमा प्रतियोगिताका विजेता र उपविजेतालाई वृज सिमेन्टका सियिर ब्राण्ड म्यानेजर अमित श्रेष्ठले वृज सिमेन्ट ट्रफी प्रदान गरेका थिए। 

सिभिल इन्जिनियर विधार्थी समाज नेपालद्वारा आयोजित राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगितामा विगत ९ वर्षदेखि वृज सिमेन्टले ट्रफी प्रायोजन गर्दै आएको छ।

वृज सिमेन्ट इण्डष्ट्रीज प्रालि केडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो। यो कम्पनी रुपन्देहीमा छ। 

वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पीपीसी), ४३ ग्रेडसाधारण पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पीएससी) सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आइरहेको छ। 

कम्पनीको गुणस्तरीय उत्पादन र सहज आपूर्तिको व्यवस्थापनका कारण नै देशको अधिकाशं स्थानमा वृज सिमेन्टको माग भइरहेको छ। 

नेपाल सिभिल इन्जिनियरिङअन्तर्गत निर्माण क्षेत्रमा वृज सिमेन्टले गुणस्तरीय सिमेन्टको छवि बनाएको छ। 

त्यसैअनुसार देशभरका आम नेपाली उपभोक्ताबीच यो सिमेन्ट परिचित भएको छ र बिक्री वितरण हुँदै आएको छ। 

वृज सिमेन्ट कम्पनीले नेपालको प्राविधिक तथा सामाजिक क्षेत्रमा समेत संस्थागत उत्तरदायित्व बहन कार्यक्रम अन्र्तगत महत्वपूर्ण सहयोग गरी राष्ट्र निर्माणमा योगदान गर्दै आएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.