सिरहामा लागुऔषधसहित ३०२ जना पक्राउ

सिरहामा लागुऔषधसहित ३०२ जना पक्राउ
लागुऔषधसहित पक्राउ परेका।

सिरहा : जिल्ला प्रहरी कार्यालय सिरहाले पछिल्लो १३ महिनामा ३०२ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ परेकामाथि २९२ वटा लागुऔषधको मुद्दा दर्ता भएको छ । उनीहरुमध्ये अधिकांश कम उमेरका युवाहरु रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले उनीहरुको साथबाट भारी परिमाणमा लागुऔषध बरामद गरेको छ । गाँजा ४२७ किलो, नाइट्रोभेट ट्याबलेट १३ हजार ३३३, फेनारगन ४२५१, डाइजेपाम २८३३, बुफ्रेनोसिन ३७६९, डाइजेल्याब १५१२, ब्राउन सुगर १३६ ग्राम, कोकिन २ दशलव ४ ग्रामलगायत २३ प्रकारका लागुऔषध बरामद गरेको हो ।

‘लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दो क्रममा देखिन्छ । यसलाई नियन्त्रण गर्न प्रहरी पूर्ण रुपले लागि परेको छ । जिल्लामा लागुऔषध नियन्त्रणका लागि छुटै प्रहरी ब्युरो नै स्थापना भएको छ,’एसपी अर्जुन तिम्लिसिनाले भने,‘प्रहरीले कारवाही पाटोमा कुनै कसर बाँकी राखेको छैन् ।’ यसलाई रोक्न अझ घरपरिवार र समाज सक्रिय हुनुपर्ने उनको भनाइ छ । 

सिरहा प्रहरीले लागुऔषध, बाल विवाह, दाइजोलगायतका समाजिक विकृति विरुद्ध ५४० स्थानमा समुदाय–प्रहरी साझेदारीमा जनचेतना कार्यक्रम गरिएको एसपी तिम्लिसिनाले बताए । ‘प्रहरीले आफू स्रोत साधनले भ्याएसम्म सक्रिय छ । अझै सेवनकर्ता लागुऔषधको लतबाट मुक्त गर्न घरपरिवारका सदस्यहरु सक्रिय हुनुपर्छ,’ उनले भने, ‘नयाँ नयाँ सेवनकर्तालाई सुधारमा ल्याउन जिल्लामा सुधारकेन्द्र पालिकाहरुले स्थापना गरे सहयोग पुग्ने देखिन्छ ।’

लागुऔषध नियन्त्रण अभियानकै क्रममा प्रहरीले १२ हजार ६३० बोट नष्ट गरेको छ । २२३९ लिटर तयारी र ७५०५ लिटर मदिराको कच्चा पदार्थ बरामद गरि नष्ट गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.