ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं : ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका-३ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-४ बस्ने ३० वर्षीय प्रशस्त थापा रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो। आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !