अनलाइनमार्फत ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं : अनलाइनमार्फत ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-१ घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने ३६ वर्षीय सोनम तामाङ रहेका छन्।
ग्राहकहरूसँग बार्गेनिङ गरी सुरुमा सामान चेकजाँच गरी परिवारलाई सामान देखाई ७ लाख ९९ हजार रुपैयाँ बराबरको सामग्री लिएर फरार भएका सूचना अधिकारी रविन्द्र रेग्मीले बताए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको हो। उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागी प्रहरी वृत्त बौद्ध पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !