सोलुखोला दूधकोशी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाईनमा जोडियो

सोलुखोला दूधकोशी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाईनमा जोडियो
सुन्नुहोस्

अघिल्लो सातादेखि परीक्षण उत्पादनको क्रममा रहेको आयोजनाले सबै उपरकणहरुको सफल परीक्षण गरी नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको साहास उर्जाका अध्यक्ष हिम पाठकले बताए।

सोलुखुम्बु: ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ। निजी क्षेत्रकै सबैभन्दा ठुलो लगानी रहेको साहास उर्जा कम्पनी लिमिटेडद्वारा प्रबर्द्धित आयोजना शुक्रबारदेखि राष्ट्रिय प्रणालीमा जोडिएको हो। 

अघिल्लो सातादेखि परीक्षण उत्पादनको क्रममा रहेको आयोजनाले सबै उपरकणहरुको सफल परीक्षण गरी नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको साहास उर्जाका अध्यक्ष हिम पाठकले बताए। करिब २ हप्ताको परीक्षण उत्पादन गरेपछि व्यावसायिक उत्पादन थालिएको उनको भनाइ छ।

 सोलुदूधकण्ड नगरपालिका ११ स्थित सोलुखोलाको पानी ४ हजार ६ सय ७९ मिटर लामो सुरुङ मार्ग र १९ सय ३८ मिटर लम्बाईको पाईप लाईन मार्फत थुलुङ दूधकोशी ३ मैकुबेसीमा खसाई ८६ मेगावाट विद्युत उत्पादन गरिएको हो। 

नदी प्रवाहमा आधारित विद्युत आयोजना लाम्माने सबस्टेशनमा रहेको १३२ केभिए सोलु करिडोरमा जोडिएको छ। साहास उर्जाको विद्युत गृहदेखि लाम्मानेसम्म १३ किलोमिटर ग्रिड निर्माण गरी आयोजनाले १३२ केभि प्रसारण लाईनमा जोडेको हो।     

२५ प्रतिशत संस्थापक तथा शेयरधनी र ७५ प्रतिशत बैंकको लगानीमा करिब १३ अर्बको कुल लागतमा निर्माण सम्पन्न भएको छ। यसअघि सोलु खोलामै निर्माण भएको २३.५ मेगावाट क्षमताको अपर सोलु जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ। 

सोलुखोलामा अझै १५० मेगावाटभन्दा बढी क्षमताका विद्युत आयोजनाहरु निर्माणको क्रममा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.