शैक्षिक विकास र पूर्वाधार प्राथमिकतामा : मन्त्री यादव

शैक्षिक विकास र पूर्वाधार प्राथमिकतामा : मन्त्री यादव
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सिमराः मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले शैक्षिक क्षेत्रको विकास पहिलो प्राथमिकतामा रहने बताएका छन् । मन्त्री यादवले शिक्षाको विकास नभएसम्म अन्य क्षेत्रको विकासको कल्पना गर्न नसकिने बताए । 

जीतपुरसिमरा- १ पथलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५०औं वार्षिकोत्सवका अवसरमा आयोजित स्वर्ण जयन्ती समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले संघीयतालाई बलियो बनाउन र स्थापित गर्न पनि शिक्षा क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् । 

‘सामाजिक रुपान्तरण र समृद्धिका लागि शिक्षाको विकास ज/"री छ मन्त्री यादवले भने, ‘त्यसले मधेस सरकारको प्राथमिकता शिक्षा क्षेत्रमा हुनेछ ।' समाज शिक्षित र चेतनशिल भएपछि मात्रै समृद्धि र परिवर्तनको सम्भावना रहने मन्त्री यादवले बताए । 

मन्त्री यादवले विद्यालयको पूर्वाधार विकास र प्राविधिक शिक्षाका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । सम्बोधन अघि मन्त्री यादवले ५०औं वार्षिकोत्सवका अवसर निर्माण गरिएको स्तम्भको अनावरण गरेका थिए । यसैगरी कार्यक्रममा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले विद्यालयको पूर्वाधार विकासका लागि आफूले समेत सहयोग गर्ने बताए । 

कार्यक्रममा मधेस प्रदेशसभा सदस्य मञ्जु थापामगर,पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा,सिता गुरुङ,शोभा लामा,जीतपुरसिमरा उपमहानगरपालिकाकी पूर्वनगर उपप्रमुख सरस्वतीदेवी चौधरी,शिक्षा महाशाखा प्रमुख शिवजी प्रसाद,जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष हिराबहादुर गुरुङ,२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ,३ का वडाध्यक्ष ताराबहादुर कार्की,७ का वडाध्यक्ष सुनिल गुप्ता,२१ का वडाध्यक्ष सुभास श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.