विश्वासको मत दिने पार्टीको भावना सम्बोधन गर्नुछ : प्रधानमन्त्री

विश्वासको मत दिने पार्टीको भावना सम्बोधन गर्नुछ : प्रधानमन्त्री
सुन्नुहोस्

प्रचण्डले सरकारलाई विश्वासको मत दिन पार्टीहरूको भावनालाई सम्बोधन गर्ने बताए।

काठमाडौंः प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा व्यापक रूपान्तरण गर्ने बताएका छन् ।

आइतबार दिउँसो पेरिसडाँडामा माओवादी केन्द्र बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू सम्मिलित केन्द्रीय बागमती प्रदेश समन्वय समितिको बैठकमा बोल्दै प्रचण्डले पार्टी रुपान्तरण अहिलेको आवश्यकता रहेको बताएका हुन् ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने,‘पार्टीको स्थायी समिति बैठकले २ महिना संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अब पार्टीका सबै नेता,कार्यकर्ता जनतामा जानुछ । २ महिना पार्टीका तल्ला कमिटीमा जान्छौँ,कार्यकर्ता र जनतासँग अन्तरक्रिया गर्छौं ।’

प्रधानमन्त्री प्रचण्डले जनताको हितमा काम गर्ने प्रतिवद्धता जनाए। ‘हामीले सरकारको नेतृत्व गरिरहेका छौँ,यो हाम्रा लागि चुनौतीपूर्ण अवसर हो’ प्रधानमन्त्रीले भने,‘यो कार्यकाललाई नयाँ शिराबाट लैजान खोजेका छौं । सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गर्छ । सरकारले राम्रो काम गर्नु भनेको पार्टी पुननिर्माणको आधार तयार पार्नु पनि हो । तपाईहरू पनि यसलाई केन्द्रमा राखेर काम गर्नुहोला ।’

प्रचण्डले सरकारलाई विश्वासको मत दिन पार्टीहरूको भावनालाई सम्बोधन गर्ने बताए। उनले भने,'विश्वासको मतपछि परिस्थितिमा हेरफेर आएको छ । विश्वासको मतपूर्व एउटा वातावरण थियो,त्यसपछि नयाँ परिस्थिति बन्यो,सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना पनि हामीले सम्बोधन गर्नुछ । हामीले राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्छ । त्यसकारण मैले राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छु ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.