देउसाको एक घरमा आगलागी, एक जना घाइते

देउसाको एक घरमा आगलागी, एक जना घाइते
सुन्नुहोस्

२ तले घर र भित्र रहेको नगद ६० हजारसहित सबै धनमाल जलेर नष्ट भएको कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिए।

सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका- ७ देउसाको एक घरमा आगलागी हुँदा ३७ लाख बढीको क्षति भएको छ।सोमबार बिहान ३ बजेतिर निवर्तमान वडाध्यक्ष राम संर्घष किराँतीको घर आगलागी हुँदा ३७ लाख ७३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

आगलागीबाट किराँतीको ढुंगा र सिमेन्टले बनेको टिनको छानो भएको २ तले घर र भित्र रहेको नगद ६० हजारसहित सबै धनमाल जलेर नष्ट भएको कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिए। सो घटनामा एक जना घाइते भएका छन्। 

आगो लागेपछि भाग्ने क्रममा सोही घरमा बस्दै आएका युवराज खत्री सामान्य घाइते भएको वडाध्यक्ष भोजराज कार्कीले जानकारी दिए। खत्रीको टाउको र हातखुट्टामा चोट लागेको छ। उनको ग्रामिण स्वास्थ्य चौकी देउसामा उपचार भइरहेको वडाध्यक्ष कार्कीले बताए। विद्युत सर्ट भएर सुरु भएको आगो घर पूर्ण रुपमा जलेर नष्ट भएपछि मात्रै नियन्त्रणमा आएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.