नामिबियाका लागि लौरेन्सको अर्धशतक
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नामिबियाका लागि ओपनिङमा आएका लौरेन्सले ७९ बलमा पाँच चौकासहित ५० रन पूरा गरेका हुन्।
काठमाडौं : विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृंखलामा स्कटल्यान्डविरुद्ध ब्याटिङ गरिरहेको नामिबियाका लागि लो हान्ड्रे लौरेन्सले अर्धशतक बनाएका छन्। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नामिबियाका लागि ओपनिङमा आएका लौरेन्सले ७९ बलमा पाँच चौकासहित ५० रन पूरा गरेका हुन्।
स्कटल्यान्डको सकिट बलिङसामू संघर्षरत स्कटल्यान्डले अर्को इन्डमा टिक्न नसक्दा ६ विकेट गुमाइसकेको छ। लौरेन्सबाहेक विकेटकिपर–ब्याटर जेन ग्रीनले मात्रै उल्लेख्य रन बनाउन सकेका छन्। ग्रीनले ३५ बलम २५ रन जोड्दा अन्य पाँच ब्याटर सस्तैमा समेटिएका छन्।
नामिबियाले ३० ओभर सकिँदा ६ विकेट गुमाएर एक सय २१ रन बनाएको छ। स्कटल्यान्डका लागि सफयान शरिफ, मार्क वाट, माइकल लिस्कले दुई–दुई विकेट लिएका छन्।
प्रतिक्रिया दिनुहोस !