कञ्चनपुरमा सुक्खा बन्दरगाह बन्दै

कञ्चनपुरमा सुक्खा बन्दरगाह बन्दै
कञ्चनपुरमा सुक्खा बन्दरगाह प्रस्तावित दोधारा–चाँदनी नगरपालिकाको वडा नं. १, २ र ३ मा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्र।
सुन्नुहोस्

जिल्लाको दोधारा–चाँदनी नगरपालिका–१, २ र ३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्रको जग्गा प्रयोग गर्ने गरी सुक्खा बन्दरगाह बनाउने तयारी गरिएको छ।

महेन्द्रनगर : सरकारले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माण गर्ने भएको छ। जिल्लाको दोधारा–चाँदनी नगरपालिका–१, २ र ३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्रको जग्गा प्रयोग गर्ने गरी सुक्खा बन्दरगाह बनाउने तयारी गरिएको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिले सुक्खा बन्दरगाहको ईआईएमा सुझाव माग गरेको छ।

प्रस्तावित आयोजनाले वन क्षेत्रको १ सय ८९ हेक्टर जग्गा भू–उपयोग परिवर्तन हुने भनी प्रस्ताव गरेको छ। सुक्खा बन्दरगाहमा सडक, रेल्वे प्लेटफर्म, गोदाम, पार्किङ क्षेत्र, भन्सार, तौल पुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, पशुपन्छी÷खाद्य जाँच केन्द्र प्रयोगशाला, बैंक, प्रहरी केन्द तथा प्रशासनिक भवन निर्माण हुनेछन्। जसमा गोदामको क्षेत्रफल आयाततर्फ सात हजार वर्गमिटर, निर्यातका लागि दुई हजार पाँच सय वर्गमिटर, रेल्वे वेयर हाउस १७ हजार पाँच सय वर्गमिटर र १० हजार वर्गमिटर क्षेत्रफलको कन्टेनर स्ट्याकिङ यार्ड निर्माण हुनेछ।

सोमबार कञ्चनपुर पुगेका संघीय सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सरकारले दोधारा चाँदनीमा बन्ने सुक्खा बन्दरगाहलाई प्राथमिकताका साथ अघि बढाएको बताए। उनले प्रष्ट पारे, ‘छिट्टै कार्यालय स्थापना गरेर पूर्वाधार निमार्णको काम अगाडि बढाउँछांै।’

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि महाकाली नदीमा पक्की पुल निमार्ण सम्पन्न भइसकेकाले सुक्खा बन्दरगाहको निर्माण अगाडि बढाएर त्रिदेशीय नाकाको रूपमा विकास गर्नुपर्ने बताउँछन्।

कञ्चनपुर उद्योग वाणिज्य संघले आयोजना गरेको औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्न सोमबार महेन्द्रनगर पुगेका प्रधानमन्त्री ‘प्रचण्ड’ले पनि कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा प्रस्तावित सुक्खा बन्दरगाह निमार्ण गरिने बताएका थिए।

‘सुक्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को काम सम्पन्न भएर स्वीकृतिको चरणमा छ’, प्रधानमन्त्री दाहालले भने, ‘यस लगत्तै यस क्षेत्रमा पूर्वाधार निमार्णको काम अगाडि बढ्नेछ।’ उनले भारतीय पक्षले सुक्खा बन्दरगाह निमार्ण गर्ने सहमति जनाइसकेको बताउँदै छिट्ट एमओयूमा हस्ताक्षर गर्ने तयारी रहेको बताए। उनले सुक्खा बन्दरगाहले सुदूरपश्चिमको मात्रै नभई राष्ट्रकै विकासमा ठूलो योगदान पुग्ने बताएका छन्।

प्रस्तावित सुक्खा बन्दरगाह र महाकाली नदीमा निर्मित चार लेनको पक्की पुलको निरीक्षण गर्दै बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए। ‘सुक्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीति अनुसार निमार्ण हुनेछ’, उनले भने, ‘हाम्रो दुई ठूला छिमेकी देशले हासिल गरेको आर्थिक विकासबाट नेपालले लाभ लिनेछ।’ उनले भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा रहेको बताउँदै सुक्खा बन्दरगाहले निमार्णले नेपाल, भारत र चीन तीनवटै देशलाई फाइदा पुग्ने बताए।

सुदूरपश्चिमको विकासमा कुनै कसर बाँकी नराख्ने बताए। ‘महाकाली करिडोर, कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र र दैजीछेला औद्योगिक क्षेत्रको काम अघि बढाउँछौं’, उनले भने, ‘महाकाली सिँचाइ तेस्रो चरण र अन्य रणनीतिक महत्वका आयोजना महत्वका साथ अगाडि बढाउँछौं।’ त्यसैगरी उनले आफ्नो भारत भ्रमणमा सुक्खा बन्दरगाह र महाकाली सिचाँइ आयोजना उच्च प्राथमिकताका साथ उठाउने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.